IME Life
Beema Board

बीमित मैत्री बन्दै नेको इन्स्योरेन्स: चैत मसान्तसम्ममा करिब ८२ प्रतिशत दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले गत चैत मसान्तसम्ममा करिब ८२ प्रतिशत दाबी भुक्तानी गरिसकेको छ । कम्पनीमा आर्थिक वर्ष २०८०/८१ को प्रारम्भमा ४९२० दाबीहरु तिर्न बाँकी थिए । सोमध्ये आर्थिक वर्षको चैत्र मसान्तसम्म थपिएको दाबी सहित कम्पनीले चैत्र मसान्त सम्म करिब ८२ प्रतिशत अर्थात ४ हजार १० वटा दाबी वापत ४० करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ । चालु आर्थिक वर्षमा परेको दाबीमध्ये ४६ सय ५४ वटा दावी वापत ३७ करोड ५० लाख रुपैयाँ अर्थात ५२ प्रतिशत भुक्तानी गरिसकेको छ ।
भुक्तानी भएका दाबीहरु मध्ये कृषिसँग सम्बन्धीत १७९६ दाबीको कुल रु. ८ करोड ४४ लाख भन्दा बढीको दाबी रकम भुक्तानी गरिएको छ ।
यस आर्थिक वर्षको अन्त सम्ममा थप दाबी भुक्तानी भई भुक्तानी हुन बाँकी दाबीको सख्यालाई घटाउने कम्पनीले उद्देश्य लिएको छ । दाबी परेका र कागजात पुरा भएका दाबीहरुको यथाशीघ्र भुक्तानी दिने निति यस कम्पनीले लिएको छ । समयमा दाबी तिर्नुपर्छ भन्नेमा कम्पनी प्रतिबद्ध छ ।
विगत २८ वर्ष देखि ग्राहकमाझ गुणस्तरीय बीमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले छिटो छरितो दाबी भुक्तानी नै कम्पनीको व्यवसाय तथा शाखा वृद्धिको मुल मन्त्र मान्दै आएको छ । यस कम्पनीले दाबी भुक्तानीमा अपनाएको गुणस्तरीय सेवाले आफ्ना ग्राहक महानुभावहरुको मन जितेको छ । निरन्तर यस कम्पनीको व्यवसायको आकार बढ्नु ग्राहक सन्तुष्टिको प्रमाणको रुपमा लिएको छ । छिटो छरितो दाबी भुक्तानी होस भनेर कम्पनीले स्पर्ट पेमेन्ट (ठाउँको ठाउँ भुक्तानी ) मार्फत दाबी भुक्तानी गर्दै आएको छ । उक्त प्रकृयालाई अझै परिस्कृत गरिदै लगिने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS