IME Life

बीमा गर्दै हुनुहुन्छ ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरु

SPIL
NIC ASIA

काठमाडौं । बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो । मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हुन् सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ । जोखिम वा आपत विपद कति बेला आउँछ कसैलाई थाहा हुदैन् । त्यसैले पनि बीमा सबै र सधैका लागि अपरिहार्य नै मानिन्छ

अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्न उपयुक्त माध्यम भनेको बीमा हो । अनिश्चित जोखिम, दुघर्टनाले ग्रसित भएका व्यक्ति वा संस्थाले आफ्नो जोखिम अनुरुप निश्चित बीमा शुल्क बुझाई घटना भएमा क्षतिपूर्ति प्राप्त गर्ने शर्त सहित बीमा योजना खरिद गर्न सक्छन् । बीमा दुई पक्ष बीचमा हुने लिखित सम्झौता पनि हो ।

Prabhu
Crest

बीमा गर्दा बीमा कम्पनी र बीमा गर्ने व्यक्तिका बीचमा गरिने सम्झौता हो । यस प्रक्रियामा बीमितको जोखिमको क्षतिपूर्तिको भार बीमाको माध्यमबाट बीमकमा हस्तान्तरण गरिन्छ । बीमा निश्चित अवधिका लागी गरिन्छ । उक्त अवधिमा विमितको क्षति भएको कम्पनीले क्षतिपूर्ति भुक्तानी गर्छन् ।

बीमा गर्ने प्रक्रियाको प्रारम्भ बीमाको प्रस्ताव फारम तथा व्यक्तिगत स्वास्थ्य सम्बन्धि विवरणबाट हुन्छ । यस्ता फारमहरु सम्बन्धित बीमा कम्पनिहरुबाट लिनुपर्छ । ती फारमहरु बीमा गर्ने व्यक्ति स्वमले बीमा अभिकर्ता मार्फत पेस गर्न सक्नेछन् । यसरी बीमितले भरेको फारमको प्रस्तावलाई स्वीकार गर्ने नगर्ने भन्ने कुरा बीमक मै भर पर्दछ । यदि बीमितको प्रस्ताव स्वीकार भएमा पहिलो किस्ता बीमा शुल्क भुक्तानी गरेपछि बीमा प्रक्रिया प्रारम्भ हुन्छ । बीमा सम्वन्धि शर्त, सुविधा सहितका सम्पूर्ण कागजातहरु बीमा कम्पनीले बीमितलाईबीमा स्वीकार भए पछि प्रदान गर्दछ ।

तपाईहरु बीमा गर्ने सोचमा हुनुहुन्छ वा बीमा गरी सक्नुभएको छ भने यी कुराहरु बुझ्न जरुरी हुन्छ । बीमितले बीमा गर्दा कुन–कुन कुरामा ध्यान दिनुपर्छ । बीमा नबुझी गर्दा विभिन् समस्याहरु झेल्नुपर्छ त्यसकारण बीमा गर्दा के के कुरामा ध्यान दिने त ?

सर्वप्रथम पहिला बीमा गर्दा बीमा शूल्क तिर्न सकिन्छ वा सकिदैन भन्ने बारेमा ध्यान पुर्याउनुपर्दछ ।

के क–कति आवश्यकताले बीमा गर्न खोजिएका हो र बीमा गरेपछि उक्त उदेश्य पूरा हुन्छ वा हुदैन विश्लेषण गरी सो बारेमा सपष्ट हुनुपर्दछ ।

बीमा अर्भिकर्ता बीमा समितिबाट आधिकारीक रुपमा इजाजत पाएको छ वा छैन सो हेरेर मात्र निजलाई विश्वास गनुपर्दछ ।

कुनै जोखिम सबैभन्दा बढी सम्भाव्य छ र बीमा पश्चात् सो जोखीम सरक्षंण हुन्छ वा हुदैन सोको बारेमा जानकारी हुनुपर्दछ ।

बीमा गरीसके पश्चात् घरको परिवारलाई समेत जानकारी दिनुपर्छ वा आफूले ईच्छाइएको व्यक्तिलाई भए पनी जानकारी दिनुपर्दछ ।

बीमा गरिसकेपछि बीमालेखमा उल्लिखित सम्पूर्ण विवरण सर्त, सुविधा र अन्य प्राबधान होसियार पूर्वक पढ्नुपर्दछ ।

बीमा शूल्क भुक्तानी गरिसकेपछि अनिवार्य रुपमा नगद बुझाएको भर्पाइ लिएर सुरक्षित राख्नुपर्दछ । साथै नवीकरणको मिति ख्याल गरी सो समयमा नवीकरणका बीमा शूल्क भुक्तानी गनुपर्छ ।

बीमा गर्दा बीमाको विषयवस्तुसँग हुने तथ्यहरु सपष्ट रुपमा खुलाउनुपर्दछ ।

बीमा सम्बन्धि सम्पूर्ण कागजातहरु सुरक्षित साथ राख्नुपर्दछ ।

बीमाको नीति नियमहरु परिवर्तन हुनसक्छ त्यसैले त्यसका बारेमा जानकारी लिइराख्नु पर्दछ

                                                                                                                                    

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS