IME Life New

पुँजीगत लाभकर अन्तिम हुने व्यवस्थाले शेयर बजार थप गतिशील हुने धितोपत्र बोर्डको अपेक्षा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष उत्तमकुमार खत्रीले पुँजीगत लाभकर अन्तिम हुने व्यवस्थाले शेयर बजार थप गतिशील हुने अपेक्षा गरेका छन्।

धितोपत्र बोर्डको ३४ औँ वार्षिकोत्सवका अवसरमा प्रतिबद्धता जाहेर गर्दै अध्यक्ष खत्रीले यस्तो अपेक्षा गरेका हुन्। ‘आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमा सूचीकृत कम्पनीका शेयर बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरिएसँगै बजार थप गतिशील हुने अपेक्षा छ’, खत्रीले भनेका छन्।

Esewa
Crest

नियामकीय क्षमता तथा संस्थागत सुदृढीकरण, प्रविधिको अवलम्बन, लगानीकर्ताको हकहित संरक्षण एवं सुशासन प्रवर्द्धन, धितोपत्र बजारसम्बन्धी कसुरको अनुसन्धान तथा कारबाहीजस्ता विषयहरुमा धितोपत्र बोर्डको प्राथमिकतामा रहेको खत्रीको भनाइ छ। ‘यसैगरी सार्वजनिक निष्कासनलाई स्वच्छ एवं पारदर्शी बनाउन आवश्यक संरचनागत र कानुनी आधार सुधार गर्ने, एसएमई प्लेटफर्म, वस्तु विनियम बजार र यसका पूर्वाधारहरुलाई सञ्चालनमा ल्याउने, बजार सञ्चालकहरुको संरचनागत सुधार एवं बजार सहभागीहरुको व्यवसायिकता अभिवृद्धि गर्ने र बजार शिक्षा तथा सचेतना कार्यक्रमहरुसमेत प्राथमिकतामा राखिएको छ’, उनले भने।

पुँजीबजार विकास तथा सुधारका लागि विभिन्न समयमा गठन भएका आयोग तथा कार्यदलहरुले दिएका सुझावसमेत क्रमशः कार्यान्वयन गरिने प्रतिबद्धता अध्यक्ष खत्रीले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS