IME Life New

श्रीमति र छोराछोरीको भन्दा बढी हक लाग्ने के हो बीमालेखको अख्तियारी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरूबाट बीमितले खरिद गर्ने बीमालेख एक प्रकारको करार सम्झाैता हो। जसमा बीमितले बीमाशुल्क भुक्तानी गरेवापत बीमकले निर्धारित शर्त अनुसारको जोखिम बहन गर्ने र बीमा अवधि पुरा भएपछि बीमितलाई प्रतिफल सहित रकम फिर्ता गरिदिने प्रतिबद्धता जनाएको हुन्छ।

साधारणतः बीमालेखमा बीमित(प्रस्तावक समेत) र बीमक दुई पक्षमात्र हुन्छन् । तर केही अवस्थाहरूमा तेश्रो पक्षको संलग्नता पनि भइदिन्छ। जसमा बीमित र बीमक मात्र नभएर कुनै तेश्रो पक्ष उदाहरणका लागि बैंक, रोजगारदाता, साहू, ऋण लगानी गर्ने कुनै सहकारी वा लघुवित्त वा अन्य कुनै संघसंस्थापनि संलग्न भएको हुन्छ।

Esewa
Crest

कर्जाको सुरक्षणका लागि नै जारी गरिएको जीवन बीमालेखमा नै सामान्य शर्तहरू अन्तर्गत नै कर्जाको साँवा र ब्याज सहितको रकम कर्जादाता संस्थालाई भुक्तानी दिने र थप रकम बाँकी  भएमा बीमित वा निजको कानूनी हकवाला वा इच्छ्याइएको व्यक्तिलाई दिने शर्त उल्लेख गरिएको हुन्छ। यस्तो बीमालेख लघु वित्त कम्पनी र सहकारी संस्थाहरूले सदस्यहरूलाइ ऋण दिंदा व्यापकरूपमा प्रयोग गरिरहेका छन् ।

कर्जा प्रयोजनका लागि नै जारी गरिएको म्यादी बीमा बाहेकका अन्य जीवन बीमालेखमा तेश्रो पक्षको संलग्नता सम्बन्धि व्यवस्था हुँदैन र, अख्तियारीनामा (absolute assignment) वा सम्पुष्टी (endorsement) को माध्यमबाट तेश्रो पक्षको संलग्नतालाई कानूनी मान्यता प्रदान गरिन्छ।

बीमितले बीमालेखमाथि भएको हक पूर्ण वा आंशिकरूपमा तेश्रो पक्षलाई हस्तान्तरण गर्ने उद्देश्यले अख्तियारीनामामा बीमितले साक्षीको रोहबरमा सहि छाप गरेर बीमकलाई हस्तान्तरण गरेको हुन्छ। यस्तो अख्तियारीनामा वा सम्पुष्टीले मूल करार सरह नै मान्यता प्राप्त गर्छ। बीमितले लिखित निवेदन दिएर अख्तियारीनामा रद्ध नगर्दासम्म यो मान्य रहन्छ। बीमितको परिवारको कानूनी हकवालाले दाबी गरेपनि मुद्दा मामिला गरेपनि पहिलो हक अख्तियारीनामा प्राप्त पक्ष कै हुन्छ।

बीमितको निधन भएको अवस्थामा वा बीमा अवधि पुरा भएको अवस्थामा वा दाबी भुक्तानी गर्नुपर्ने अवस्थामा बीमालेखको अख्तियारी प्राप्त गरेको व्यक्ति वा संस्थाको पहिलो हक लाग्छ। निजले पाउनुपर्ने रकम भुक्तानी दिइसकेपछि थप रकम बाँकी छ भने मात्र बीमकले बीमितको परिवारतर्फको हकवालालाई भुक्तानी दिनुपर्छ। अन्यथा पर्दैन।

के छ कानूनी व्यवस्थाः

बीमा ऐनको दफा १२७ को उपदफा ३ मा यस सम्बन्धि स्पष्ट व्यवस्था छ। उपदफामा लेखिएको छ, बीमितले कसैलाई बीमालेखको अख्तियारी प्रदान गरेको रहेछ भने त्यसरी अख्तियारी प्रदान गरेको सीमासम्मको बीमा दाबी वापतको रकम प्राप्त गर्न अग्राधिकार अख्तियारी प्राप्त व्यक्तिमा सुरक्षित रहनेछ। यसरी ऐनले नै अख्तियारी प्राप्त गर्ने पक्षको अग्राधिकार सुरक्षित गरिदिएको छ।

बैंकहरूले कसरी प्रयोग गरिरहेका छन् अख्तियारीनामाः

बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई घरकर्जा वा अन्य कुनै कर्जा सुविधा उपलब्ध गराउँदा साँवा ब्याज खाम्ने गरी जीवन बीमा पनि गरिदिएका हुन्छन् । र कर्जाको साँवा र ब्याज नियमित असुली गर्नुको साटो कर्मचारीको तलबबाट कट्टा गरेर बीमाशुल्क रकम नियमित जम्मा गरिदिन्छन्। बीमा अवधि पुरा भएपछि एकमुष्ठ प्राप्त हुने रकमबाट साँवा र ब्याजवापतको रकम कट्टा गर्छन्। बोनशवापतको रकमबाट ६० प्रतिशत कर्मचारीले र बाँकी ४० प्रतिशत रोजगारदाता बैंकले प्रतिफलवापत बाँडफाँड गर्छन्। यो सुविधाले कर्मचारीलाई संस्थाप्रति वफादार बनाउने, कर्मचारीले कर्जाको साँवा ब्याज चुक्ता गर्नुपर्ने तनाव नहुने र कर्जा डुब्ने जोखिम पनि नहुने भएकाले दुबै पक्षका लागि निक्कै उपयोगी हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS