काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुद्युम्न प्रसाद उपाध्याय पुनःनियुक्त भएका छन् । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई चार वर्षको लागि कम्पनीको सीईओमा पुनःनियुक्त गर्ने निर्णय गरेको हो ।
उनको पदावधि २०८३ कात्तिक ६ गते समाप्त हुन लागेकोमा आगामी चार वर्षको दोस्रो कार्यकाल २०८३ कात्तिक ७ गतेबाट २०८७ कात्तिक ६ गतेसम्म हुनेगरी पुनः नियुक्त गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।
1789013349360












