IME Life New

भोटेकोशी र त्रिशूली बाढीमा रू. २१ अर्बको बीमा दाबी, भुक्तानी १.१३ प्रतिशत मात्र

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा भएको भौतिक तथा आर्थिक क्षतिको बीमा दाबी रकम २० अर्ब ९० करोड रुपैयाँ नाघेको छ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको असोज २८ गतेसम्मको तथ्यांकअनुसार १८ वटा निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा कुल २ हजार ४२७ वटा दाबी परेका छन्। बाढीका कारण ठूलो धनजनको क्षति भए पनि बीमितहरूले दाबी गरेको तुलनामा हालसम्म अति नै न्यून मात्रामा मात्र रकम फछ्यौट (भुक्तानी) भएको पाइएको छ।

Esewa
Crest

कुल अनुमानित प्रारम्भिक दाबी २० अर्ब ९० करोड ४५ हजार रुपैयाँ रहेकोमा निर्जीवन बीमकले हालसम्म २३ करोड ५२ लाख ५८ हजार रुपैयाँ भुक्तानी गरेका छन् । कुल अनुमानित दाबीको करिब १.१३ प्रतिशत मात्रै हालसम्म भुक्तानी भएको छ। फर्छ्यौट हुन बाँकी रकम २० अर्ब ६६ करोड ४७ लाख ८७ हजार रुपैयाँ रहेको छ । यो रकम कुल दाबीको करिब ९८.८७ प्रतिशत हो ।

प्राधिकरणको विवरणअनुसार विभिन्न ६ वटा बीमालेखको शीर्षकमा परेका दाबी र भुक्तानीको अवस्था निम्नानुसार छ ।
सम्पत्ति बीमा :
बीमालेख संख्या: ५७२, अनुमानित दाबी: ९५,७१९.८७ लाख रुपैयाँ, भुक्तानी भएको दाबी: ८६२.८३ लाख रुपैयाँ
इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा:
बीमालेख संख्या: १७४, अनुमानित दाबी: ४३,९७२.५८ लाख रुपैयाँ,भुक्तानी भएको दाबी: ३०.०० लाख रुपैयाँ
मोटर बीमा:
बीमालेख संख्या: १,०६८ (सबैभन्दा बढी बीमित),.अनुमानित दाबी: २८,५००.३४ लाख रुपैयाँ, भुक्तानी भएको दाबी: ६००.७४ लाख रुपैयाँ
परिवहन बीमा:
बीमालेख संख्या: १०६, अनुमानित दाबी: २३,४०५.९१ लाख रुपैयाँ,.भुक्तानी भएको दाबी: ७८२.७२ लाख रुपैयाँ
अन्य बीमा:
बीमालेख संख्या: ४५५,.अनुमानित दाबी: १५,०१०.३२ लाख रुपैयाँ
,भुक्तानी भएको दाबी: ७६.३० लाख रुपैयाँ
स्वास्थ्य बीमा:
बीमालेख संख्या: ५२,अनुमानित दाबी: २,३९१.४४ लाख रुपैयाँ
,भुक्तानी भएको दाबी: ०.०० (विवरणमा उल्लेख नभएको)

बाढीबाट सबैभन्दा बढी आर्थिक नोक्सानी सम्पत्ति बीमातर्फ देखिएको छ, जहाँ ९ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी परेको छ।

बीमा कम्पनीहरूले प्रारम्भिक अनुमानित दाबीका आधारमा विवरण बुझाए पनि क्षतिको वास्तविक र अन्तिम मूल्यांकन पश्चात यो रकम हेरफेर हुन सक्ने नेपाल बीमा प्राधिकरणले जनाएको छ।

दाबी फछ्यौटमा ढिलाइ नहोस् भनेर प्राधिकरणले छुट्टै ‘रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ समेत कार्यान्वयनमा ल्याइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS