काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार बैंकले हाल कायम चुक्तापुँजीको कुल १६ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।












