काठमाडौं । आर्थिक वर्ष २०८२ /८३ को लागि हालसम्म चार वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।
हालसम्म लाभांश घोषणा गर्ने बैंकहरुमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, सानिमा बैंक र एभरेष्ट बैंक हुन् ।
नबिल बैंकले आर्थिक वर्ष २०८२।८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १० दशमलव ८० प्रतिशत नगद लाभांश गरी १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित बोनस शेयरको लागि कुल रकम १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६.४६ रुपैयाँबराबर तथा नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६.७६ रुपैयाँ रहेको छ। उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।
एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तापुँजी १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) रहेका छन्। बैंकले आउँदो असोज १४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।
लाभांश र सभा प्रयोजनार्थ बैंकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।
सानिमा बैंकले बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्तापुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार रूपैयाँ छ। साधारणसभा आउँदो असोज १२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
लाभांश र सभा प्रयोजनार्थ बैंकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि हाल कायम चुक्तपुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। बैंकले आउँदो असोज १६ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहान ९ बजेबाट सुरु हुनेछ।
लाभांश र सभा प्रयोजनार्थ बैंकले असोज ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।












