IME Life

मानव स्वास्थ्यको रक्षावरण र सुरक्षाको कवच हो बीमा

SPIL
NIC ASIA

काठमाडौं । अहिलेको अवस्थालाई हेर्ने हो भने विश्व नै कोरोना भाइरसका कारणले त्रसित बनेको छ । कोरोना भाइरस महामारीका कारणले नेपाल मात्रै जोखिको घेरामा नभई विश्व नै आंतकित भइरहदा जनमानस नै स्तब्ध बनेका छन् । यो भाइरसका कारणले गर्दा कयौ मानिसको ज्यान गइसकेको अवस्थामा कयौको जीवन कोरोनामै निर्भर रहेको छ । मानिसको जीवनमा सोचको कुरा हुदो हो त सबैको जीवन सरल र सहज हुने थियो होला, सबै मानिसहरुले सोच्ने गर्छन जीवन सधै सरल र सहज होस ।

तर यो मानिसहरुको धारण सोचाइमा मात्र सीमित हुने गर्दछ । मानव जीवन त अनिश्चितता र जोखिमले भरिपूर्ण छ । भनिन्छ नि, दुर्घटना बाजा बजाएर आउँदैन, हो माहामारी, महाविपत्ती जस्ता जोखिमहरु पनि बाजा बजाएर आउँदैनन् तर विभिन्न किसिमका सजकता र पूर्व तयारी अपनाएर यसवाट पर्न सक्ने क्षति भने पक्कै कम गर्न सकिन्छ ।

Prabhu
Crest

हामीहरुलाई नै अवगत रहेको कुरा हो २०७२ सालमा आएको महाभूकम्पले पनि कयौ मानिसको ज्यान माटोमा मिल्न गयो । कयौ मानिस घाइते भएर आजीवन थलामा बस्नुपर्ने बाध्यता निम्तायो, ठुलो धनजनको क्षति गरायो । तर त्यो महाभुकम्पमा बीमा भएका मानिसहरुले त क्षतिपुर्ति वापतको रकम पाए । बीमा नहुने मानिसहरुले बीमाबाट दावी भुक्तानी पाउने त कुरै भएन, त्यसैले जे जति क्षति भयो, भूकम्पको नाममा सकाएर गयो । सबै जोखिम आफुले नै ब्होर्न पर्यो । त्यसैले बीमा हरेक मानिसको जीवनमा अपरिहार्य नै हुन्छ । विपद, महाविपदमै राहत दिने भएकोले यसलाई बीमा भनिएको हो ।

मानिसको जीवन वा धन सम्पतिकोको कुनै टुंगो हुँदैन भन्ने कुरा भूकम्पले सिकाएर गएको छ । सामान्य हिसाबले भन्दा जीवन बीमाको मुख्य आधार भनेकै आर्थिक जोखिमको हस्तान्तरण हो । हरेक व्यक्तिको जीवनमा एक प्रकारको आर्थिक जोखिम हुन्छ । बीमाले मानिसको जीवनमा आइपर्ने हरेक किसिमका जोखिमलाई केही हदसम्म कम गर्ने गर्दछ ।

अहिले पनि महाभुकम्प जस्तै विश्वमा नोवेल कोरोना भाइरस (कोभिड–१९) बाट दिन प्रति दिन मानिसहरुको ज्यान गइरहेको छ । मानिसहरुले ज्यान मात्र गुमाइरहेका छैनन, लाखौ वालवालिकाले संरक्षक तथा धेरै माया गर्ने परिवारका सदस्यहरु गुमाइरहेका छन् । यस किसिमका विषम परिस्थितिहरु अहिले मात्र आएका होइनन् । यस्तो परिस्थितीहरु त मानिसको जीवनमा पटक पटक आउँछन् आएका पनि छन् र जान्छन् । आउँदा दिनहरुमा पनि मानिसले यस किसिमका प्रकोपहरुको सामना गर्नु नै पर्ने छ । महामारी, महाविपत्तीवाट पर्न जाने जीवन जोखिमको आर्थिक भार न्यूनिकरणको एक भरपर्दो माध्यम नै जीवन बीमा हो । बीमाभित्र पनि धेरै पाटाहरु छन् । जीवनको क्षति भए बापत गरिने रक्षावरण जीवन बीमा हो भने जीवन बाहेकका घर, उद्योग, सम्पत्ति लगायतका भौतिक बस्तुको जोखिम जम्मेवारी बहन गरेर गर्ने बीमा निर्जिवन बीमा हो ।

जीवित रहदा पनि र जीवन पछि पनि आफूले माया गर्ने आफन्तसँग जोडिइराख्ने एक माध्यम हो जीवन बीमा । संरक्षक तथा आफन्तलाई भौतिक रुपमा गुमाउनुपरेको पीडा र यसले परिवारमा आर्थिक रुपमा पुर्याएको क्षतिलाई कम गर्न जीवन बीमा अनिवार्य छ । अहिले विश्वव्यापी रुपमा फैलि रहेको महामारी नोवेल कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको समयमा बीमा गरियो भने भोलि हाम्रो ज्यान तलमाथि पर्दा परिवारलाई राहत दिने गर्दछ । त्यसकारण अहिलेको समयमा त बीमा अपरिहार्य नै छ । यो सहि समय हो बीमा गराउने यो बेला बीमा गरियो भने भोलि यो महामारीबाट मुक्त भइयो भने पनि त्यो बीमा गरेको रकम बचत भएर बस्छ र आफ्नो ज्यान गएको खण्डमा परिवारले प्राप्त गरी बाँकी परिवारको जीवन सहज हुन्छ र राहत मिल्छ ।

अधिकांश मानिसहरुको मनमा उब्जने एउटा प्रश्न छ, काम गर्न सकुञ्जेल र केही पैसा रहुँञ्जेल मात्रै जीवन सहज हुने हो तर भोलि आपत विपत आउदा त भएको पैसा पनि सकिन्छ अनी विकल्प के त ? बीमा भएको खण्डमा त बीमा कम्पनीहरु हाम्रो साहारा बन्न सक्छ । यदि बीमा नभएको खण्डमा सबै आर्थिक जोखिमको भार आफु वा आफ्नो परिवारलाई मात्रै पर्दछ । के थाहा मानिसको जीवनमा सजिलै मृत्युवरण भएछ भने त ठिकै छ, मृत्यु भयो, बाँकी रहेका परिवारले एक एक वटा पेशा अंगाल्न्, सकिन्छ । तर, घातक रोगका कारण लाखौं करोडौं रुपैयाँ व्यहोर्नुपर्ने अवस्था आयो, पैसा नहुँदा उपचार नहुने अवस्था आयो भने के गर्ने ? रोग लागिसकेपछि बीमा गरौं भनेर सम्भव हुन्न । यदि गरिहालेमा पनि दावी भुक्तानी पाइदैन । त्यसैले बीमा गर्दा मानिसको जीवन एउटा तहबाट सुरक्षित र उपचार समेत सुरक्षित राख्न सकिन्छ ।

त्यसकारण भोलिको दिनमा भइपरि आउदा आर्थिक जोखिम कम गर्ने र आर्थिक भार हस्तान्तरण गर्ने माध्यम बीमा भएकाले समयमा नै बीमा गर्नु उचित हुन्छ । त्यसैले आज केही छउञ्जेल र गर्न सकुञ्जेल हामिले भोलिका लागि केही सोच्नु पर्नेहुन्छ । आजको सही निर्णयले भविष्यमा पर्न गएको ठुलो समस्या लाई पनि सहज बनाउन सक्छ ।

भविष्य कसले देखेको हुन्छ र । दुर्घटनामा परि हामि अपाङग भएर बस्नुपर्ने हुन्छ के भरोसा जिन्दगीको त्यसकारण हाम्रो जीवनमा आर्थिक संकट सृजना हुन्छ । यदि हामीले बीमा गरायो भयो हामी सबैलाई बीमा कम्पनीले आर्थिक सुरक्षाको व्यवस्था गर्छ । बीमा नाफा आर्जन गर्ने व्यवसाय मात्र होईन यो त सेवा दिने र आर्थिक सुरक्षा दिने एक भरपर्दो माध्यम पनि हो ।

खतरायुक्त जीवन र सम्पत्तिको रक्षावरण गर्नका लागि बीमा आवश्यक छ । भविष्यमा हुने भवितव्य दुर्घटनापछि आउने आर्थिक क्षतिपूर्ति सहजै प्राप्त गर्न बीमाको आवश्यकता पर्दछ । बीमा एक किसिमको मानव सेवा हो, साथै आम्दानीको एक पाटो पनि हो । त्यसैले भइपरि आउने विषम परिस्थितीको सामना गर्न सही समयमा जीवन बीमा गर्न सकियो भने आफू र परिवारको भविष्य सुरक्षित हुन्छ । त्यसकारण बीमा सबै र सधैका लागि महत्वपुर्ण मान्निछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS