IME Life New

हिमालयन लाइफ कर्मचारी संगठनको अध्यक्षमा हरि खड्का निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संगठनको विशेष महाधिवेशनबाट अध्यक्षमा हरि बहादुर खड्का सर्वसम्मतरुपमा  निर्वाचित भएका छन्।

साबिक युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक आसपमा मर्ज भई हिमालयन लाईफ इन्स्योरेन्स लिमिटेड कायम भई वैशाख २६ गतेबाट संयुक्त कारोबार सुरु भएको थियो ।

Esewa
Crest

साबिक प्राइम लाइफ र गुराँस लाइफमा कर्मचारी संगठन रहेको थियो । यूनियन लाईफ इन्स्याेरेन्समा कर्मचारी यूनियन अस्तित्वमा आइसकेकाे थिएन । तीन कम्पनीकाे आपसमा मर्जर पश्चात कर्मचारी संगठन पनि एक भएका हुन्।

मर्जरको कारणबाट धेरै कर्मचारीको रोजगारी गुम्यो, स्वेच्छिक अवकाशमा एकरुपता आवश्यक

काठमाडौंको बानेश्वर बैङ्क्वेटमा सम्पन्न विशेष महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष रुद्र तामाङ ,उपाध्यक्ष उमेश खत्री, उपाध्यक्ष सेवक राय, महासचिव उद्धव बिडारी,सचिव दिपक रेग्मी, सचिव तेज भण्डारी कोषाध्यक्ष सुभाष पौडेल,सह कोषाध्यक्ष देवकी कार्कीसहित २१ सदस्यीय कार्य समिति सर्व सम्मतरुपमा चयन भएका हुन्  ।

नव निर्वाचित समितिमा साबिक तीनवटै बीमकका कर्मचारी समेटिएका छन्। खड्का साबिक प्राइम लाईफ इन्स्योरेन्स कर्मचारी संगठनको चौथो महाधिवेशनबाट अध्यक्ष पदमा पुन: निर्वाचित भएका थिए ।

कम्पनीकाे मर्जरकाे क्रममा अवकाश दिइएका कर्मचारीलाई उचित क्षतिपूर्ती दिलाउने र कार्यरत कर्मचारीहरुकाे याेग्यताकाे आधारमा सम्मानजनक कार्यभार दिलाउने जिम्मेवारी यूनियनकाे काँधमा आइपरेकाे छ । स्वेच्छिक अवकाश याेजना अन्तर्गत अवकाश राेजेका कर्मचारीहरुलाई मर्जर पश्चात काराेबार शुरु भएकाे दुई महिनाभन्दा पनि बढी अवधि पुरा भइसक्दा समेत व्यवस्थापनले क्षतिपूर्तीवापतकाे रकम भुक्तानी दिएकाे छैन। पीडित कर्मचारीहरु कम्पनीकाे मुख्यालयकाे मुलगेटमै धर्ना दिन बाध्य बनाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

0%
sad

दु :खी

14%
amazed

अचम्मित

7%
excited

उत्साहित

7%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS