IME Life New

सिटिजन लाईफ ईन्स्योरेन्सका बीमा योजनाहरु एनआईसी एशिया बैंकबाट खरिद गर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल एनआईसी एशिया बैंकबाट सिटिजन लाईफ इन्स्योरेन्सका बीमा योजनाहरु खरदि गर्न सकिने भएको छ। सो सम्बन्धि सहकार्यको लागि सिटिजन लाईफ इन्स्योरेन्सले एनआईसी एशिया बैंक संग बैंकास्योरेन्स सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन्। सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन।
सिटिजन लाईफ इन्स्योरेन्सले बीमितको भबिष्यको ख्याल गर्दै, घातक रोग सम्बन्धि उपचार सेवा पुर्‍याउने उदेश्यले आफ्ना बीमा योजनाहरुमा बीमितले अतिरिक्त सुविधाहरु समेत लिन सक्ने विशेषताहरु ल्याएको छ। अतिरिक्त सुविधाहरु अन्तर्गत दुर्घटना मृत्यु लाभ, स्थायी अपाङ्ग अशक्त सुविधा तथा बीमाशुल्क छुट सुविधाको अतिरिक्त घातक रोग (Critical Illness) सुबिधा लिन सक्ने छन् । कम्पनीले नेपालमै पहिलो पटक २० विभिन्न घातक रोगको ‘घातक रोग’ (Critical Illness) को सुबिधा ल्याएको छ।

Esewa
Crest

सिटिजन लाईफ इन्स्योरेन्सको अधिकृत पुँजी तीन अर्ब रुपैयाँ र जारी पुँजी दूई अर्ब ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको चुक्ता पुँजी एक अर्ब ७५ करोड रुपैयाँ रहेको छ। यस कम्पनीले निकट भविष्यमा ७५ करोड रुपैयाँको सर्वसाधारणको लागी सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS