IME Life New

सिटिजन लाइफ इन्स्योेरेन्सद्धारा मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिटिजन लाइफ इन्स्योेरेन्सले रुपन्देहीको मणीग्राममा एक कार्यक्रमका बीच मृत्यु दावी भुत्तानी वापतको चेक हस्तान्तरण गरेको छ । सिटीजन इन्स्योरेन्सबाट जीवन बीमा गरेका तुल्सीराम भण्डारीको मृत्यु भएपछि उनको परिवारलाई सो दावी भुक्तानी गरेको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालीका ९ मा बसोबास गर्दै आएका भण्डारीको गत भदौमा हृदयघातका कारण मृत्यु भएपछि इन्स्योरेन्सले ३ लाख रुपैयाको चेक हस्तान्तरण गरेको हो । चेक हस्तान्तरण गर्दै सिटीजन लाइफ इन्स्योरेन्स बुटवल शाखा प्रबन्धक दुर्गा ढकालले बाल भविष्य बीमा योजना अन्तर्गत बीमा गरिएकी भण्डारीको ७ बर्षिय छोरी पार्वती भण्डारीको १५ बर्ष सम्म मासिक ५००० का दरले शैक्षिक खर्च बाल भविष्य योजना अन्तर्गत इन्स्योरेन्सले प्रदान गर्ने बताए ।

Esewa
Crest

दावी भुक्तानीको चेक ग्रहण गर्दै मृतककी पत्नी माया भण्डारीले जिवन बीमा गरेका कारण इन्स्योरेन्सले छोरीको १५ वर्ष सम्मको पढाई खर्च व्यवहोरी दिने भएपछि लालनपालनमा आफुलाई केही सहज महसुस हुने बताईन ।

चेक हस्तान्तरण गर्दै इन्स्योरेन्सका क्षत्रिय प्रबन्धक सुनिल पोखरेलले जीवन बीमाले अकालमा ज्यान गुमाउनु परेको परिवारले आफ्नै बचतबाट प्राप्त रकमले परिवारमा मृत्यु पश्चात पनि राहत महसुस गर्न पाउने भएकोले पनि जीवन बीमा अपरिहार्य रहेको बताए । कार्यक्रममा तिलोतमा वडा नम्बर ९ का वडा अध्यक्ष नारायण न्यौपानेले घरमै पुगेर बीमा रकम उपलब्ध गराएको भन्दै इन्स्योरेन्सलाई धन्यवाद दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS