IME Life New

सानिमा रिलायन्स लाइफकी अभिकर्ता बनिन् कोशी प्रदेश योजना आयोगकी सदस्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशी प्रदेश योजना आयोगको सदस्यमा नमिता न्यौपाने नियुक्त भएकी छन्। मोरङ जिल्ला केराबारी गाउँपालिका–२ की न्यौपाने सानिमा रिलायन्स लाइफकी अभिकर्ता हुन्।

प्रदेश मन्त्रिपरिषद्को मंगलबारको बैठकले न्यौपानेसहित काठमाडौं महानगरपालिका–९ का डा सीताराम बस्नेत र सोलुखुम्बु जिल्ला मुक्ली गाउँपालिका–६ का किशोरकुमार राईलाई सदस्य नियुक्त गरेको हो। न्यौपाने लामो समयदेखि अभिकर्ता पेसामा सक्रिय छिन्।

Esewa
Crest

यसैगरी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नवनियुक्त सदस्यहरुलाई बुधबार पद तथा गोपनीयताको शपथग्रहण गराएका छन्। शपथग्रहण कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजना गरिएको थियो। समारोहमा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री, प्रदेशसभा सदस्य, प्रदेश योजना आयोगका उपाध्यक्षलगायतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS