IME Life New

अभिकर्ताको इन्सेन्टिभ कटौती नगर्न बीमा प्राधिकरणसँग अभिकर्ता संघको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेसागत बीमा अभिकर्ता संघ नेपालले अभिकर्ताले पाउँदै आएको प्रोत्साहन (इन्सेन्टिभ) कटौती नगर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह गरेको छ।

प्राधिकरणलाई मंगलबार पत्र पठाउँदै संघले यस्तो आग्रह गरेको हो। बीमा नियमावली, २०८१ संशोधनका लागि गठित कार्यदलबाट संशोधित नियमावली संशोधनका लागि समेत पेस भइसकेकोले सो कार्यान्वयन नहुँदै बीमक कम्पनीहरुले अभिकर्ताले खाइपाइ आएको प्रोत्साहन (इन्सेन्टिभ) कट्टी गरेको गुनासो विभिन्न बीमक कम्पनीका बीमक समितिबाट आएको पत्रमा उल्लेख छ। त्यसैले ऐन, नियमावली, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय मान्यताअनुसार भूत प्रभावित नहुने र भविष्य प्रभावित हुने भएकोले सोहीअनुसार गराउनु हुन बीमक कम्पनीलाई निर्देशन गरी सहजीकरण गराई अभिकर्ताहरुलाई सहज रुपमा काम गर्ने वातावरण बनाइदिन संघले प्राधिकरणसँग माग गरेको छ।

Esewa
Crest

बीमा नियमावली २०८१ को नियम ४४ को नियम (३) उपनियम (२) बमोजिमको प्रोत्साहन (इन्सेन्टिभ) रकम प्रदान गर्दा प्रत्येक अभिकर्तामार्फत जारी भएका बीमालेखका आधारमा अनुसूची १० मा उल्लेख भएबमोजिमको रकम नियमावली लागू भएका मितिबाट मात्र जारी हुने हुँदा सोहीअनुसार सम्पूर्ण बीमक कम्पनीहरुलाई निर्देशन दिन प्राधिकरणसँग संघले आग्रह गरेको छ।

यसैगरी बीमा नियमावली २०८१ को नियम ४४ मा (२) उपनियम (१) बमोजिमको कमिसन रकमको अतिरिक्त जीवन बीमाको प्रथम बीमाशुल्कमा प्रतिअभिकर्ता प्राधिकरणले निर्धारण गरेको सीमाभन्दा बढी नहुने गरी प्रोत्साहन (इन्सेन्टिभ) रकम प्रदान गर्न सकिने प्रावधान छ। प्राधिकरणले यस्तो प्रोत्साहनको अधिकतम सीमा सम्बन्धित अभिकर्ताले आर्जन गरेको प्रथम बीमाशुल्कको १८ प्रतिशत तोकेको छ। यस सम्बन्धमा व्यवसाय वृद्धि गर्न कम्पनीले अपनाएका व्यवसाय वृद्धिका आधारमा भए गरेअनुसार सहजीकरण गरिदिन पनि संघले प्राधिकरणसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS