IME Life New

समृद्ध नेपालमा योग्यताको कदर हुँदैन हो प्रधानमन्त्री ज्यू ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मंसिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेश कुमार पोखरेल नियुक्त भए ।लोक सेवा आयोगले सिफारिश गरेकोमध्ये तेस्रो नम्बरमा परेका पोखरेललाई नियुक्त गरियो । आयोगले पहिलो नम्बरमा सिफारिश गरेको डा.दामोदर बसौला र दोस्रो नम्बरका श्रीमान् कार्कीलाई वेवास्ता गरी पोखरेललाई नियुक्त गरियो ।

प्रधानमन्त्री ज्यू पहिलो नम्बरमा परेका बसौलाले बीमा बिषयमा विद्यावारिधी हासिल गरेका छन् । उनको योग्यताको र प्रस्तुतीको आधारमा नै आयोगले उनलाई पहिलो नम्बरमा सिफारिश गरेको हो । तर, तपाईको सरकारले उनको योग्यताको कदर भने गरेन । त्यति मात्रै हैन बसौला राजनीतिक रुपमा पनि तपाईकै पार्टी समर्थित नै हुन् । यद्यपी उनले बर्षो देखि समर्थन गर्दै आएको तपाईको पार्टीगत नाताको आधारमा पनि उनको योग्यताको पहिचान गरेन । त्यतिसम्म त ठिकै थियो । दोस्रो नम्बरमा परेका श्रीमान् कार्कीलाई पनि अवसर दिईएन । उनीसँग पनि बीमा क्षेत्रको लामो अनुभव थियो । तर, उहाँलाई पनि किन अवसर दिईएन ? बीमामा नै विद्यावरिधि गरेका र बीमा क्षेत्रको अनुभव भएका व्यक्तिलाई छाडेर कस्तो समृद्धि होला प्रधानमन्त्रि ज्यू ?

Esewa
Crest

आयोगले नै पहिलो नम्बरमा छनौट गरेपछि बोर्डको कार्यकारी निर्देशक नियुक्त हुने निश्चित भै पोखरा देखि काठमाडौमा बसेका बसौलाले योग्यता भएर पनि अवसर पाएनन् । सरकारको निर्णय पछि निराश भएका बसौलाले फेसबुकमा स्टाटस राख्दै भनेका छन् भष्ट्राचार पैसा खाएर मात्रै हुँदैन । योग्य, दक्ष, विज्ञ व्यक्तिलाई ठाउँ नदिनु पनि भष्ट्रचार हो भनेका छन् ।

योग्य व्यक्तिले अवसर नपाएको यो पहिलो घटना मात्रै हैन । यहि घटना बीमा समितिको अध्यक्ष नियुक्तको प्रक्रियामा डा.रविन्द्र घिमिरेले पनि भोगी सकेका छन् । २०७३ साल पुस १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल राष्ट्र बैंकका तत्कालिन क्षेत्रिय निर्देशक चिरञ्जीवी चापागाईलाई समितिको अध्यक्षमा नियुक्त ग¥यो । अन्तिम तीन जनामा परेका डा.रबिन्द्र घिमिरे र रमेशकुमार भट्टराईलाई  पाखा लगाएर मन्त्रिपरिषद्को बैेठकले उनलाई नियुक्त गरेको थियो ।

तत्कालिन अर्थमन्त्री कृष्ण बहादुर महरा र प्रधानमन्त्री पुष्पकमल दाहालले उनलाई नियुक्त गरेका थिए । त्यति बेला पनि डा.घिमिरे आफु बीमा विषयमा नै विज्ञता हासिल गरेको योग्यताको आधारमा नियुक्त हुनेमा निश्चित थिए । त्यसमा पनि उनले माओवादी पार्टीलाई योगदान पुराएका थिए । त्यसैले आफनो योग्यता र राजनीतिक आस्थाका कारण घिमिरे नियुक्त हुने पक्का पक्की थियो । चार दिन अगाडी बसेको बैठकले उनलाई नै नियुक्त गरेको भन्ने समाचार पनि प्रकाशनमा आयो । उनलाई सबैले बधाई पनि दिए । तर, चार दिन पछाडी मन्त्रायले चापागाई नियुक्त गरेको सुचना दियो ।
अध्यक्षको नियुक्त हुने निश्चित भएपछि एकसाता देखि काठमाडौमा बस्दै आएका घिमिरे निराशा हुँदै फर्के ।


नियुक्त हुन के चाहिन्छ प्रधानमन्त्री ज्यू ?
बास्तवमा सरकारले कुनै पनि पदमा नियुक्त गर्दा कस्तो खालको योग्यतालाई हेर्छ त प्रधानमन्त्री ज्यू ? साधारण रुपमा बुझने हो भने योग्यता, अनुभव, क्षमता र प्रस्तुतीलाई नै हेरेर नियुक्त गर्ने प्रचलन छ । तर, सरकारले नियुक्त गर्दा त यस्तो सुचकलाई आधार बनाएको पाईएन । त्यसो भने के चाहिन्छ त प्रधानमन्त्री ज्यू नियुक्तीको लागी ?

हेपिन्छ बीमा
बीमा क्षेत्रमा प्राय जसो बैंकिङ्ग क्षेत्रको दबदबा छ । बैकिङ्ग क्षेत्रमा काम गरेको व्यक्तिलाई बीमा क्षेत्रलाई सजिलै सम्हाल्न सक्छ भन्ने मान्यता छ । तर, प्रधानमन्त्री ज्यू बैंक र बीमा फरक बिषय हो । बैंक भनेको पैसा राख्ने र कर्जा दिने ठाउँ हो । बीमा भनेको अरुको जोखिम सुरक्षण गर्ने संस्था हो । कुनै पनि क्षेत्रलाई अगाडी बढाउँन सम्बन्धित क्षेत्रमा विज्ञता भएको व्यक्तिको आवश्यकता पर्छ भन्ने बिषयमा त यहाँलाई अवगत नै होला । तर, बीमा क्षेत्रमा विज्ञता भएका व्यक्ति हुदा हुँदै पनि किन अवसर प्रदान गर्नु भएन त ? तपाईले देखेको समृद्धि मुलुकमा योग्यताको कदर हुँदैन प्रधानमन्त्री ज्यू ? हुन्छ भने किन अवसर दिनु भएन । हुँदैन भने खोक्रो समृद्धिको सपना जनतालाई नबाढ्नुहोस ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS