काठमाडौं । वर्षभरि व्यवसाय विस्तार, बीमाशुल्क संकलन, शाखागत लक्ष्य, अभिकर्ता परिचालन र बोनशको हिसाबकिताबमा व्यस्त रहने बीमा कम्पनीका उच्च पदस्थ कर्मचारीहरू यतिबेला दशैँको उल्लासमा रमाइरहेका छन्।
दैनिक व्यावसायिक बैठक, लक्ष्य प्राप्तिको दबाब, शाखाहरूको कार्यसम्पादन समीक्षा र बीमा व्यवसाय वृद्धिका रणनीतिमा समय बिताउने बीमा क्षेत्रका नेतृत्वकर्ताहरूका लागि दशैँ पारिवारिक भेटघाट, टीकाजमरा, आशीर्वाद र आत्मीयता साटासाट गर्ने विशेष अवसर बनेको छ।
वर्षभरि ‘टार्गेट कति पुग्यो?’, ‘बीमाशुल्क संकलन कस्तो छ?’ र ‘इन्सेन्टिभ खाने लक्ष्य पूरा भयो कि भएन?’ जस्ता प्रश्नको सामना गर्ने बीमा क्षेत्रका व्यवस्थापकहरूलाई दशैँले केही दिन भए पनि व्यावसायिक दौडधुपबाट विश्राम लिने अवसर दिएको छ।
यता, दशैँको बिदामा पनि बीमा व्यवसायको चिन्ता भने पूर्ण रूपमा हराउने देखिँदैन। नयाँ बीमा योजना, ग्राहक सेवा, अभिकर्ताको सक्रियता र आगामी महिनाको व्यवसायिक लक्ष्यबारे सोच्ने बानीले बीमा क्षेत्रका नेतृत्वकर्ताहरूलाई बिदामा समेत कामसँग जोडिराख्न सक्छ।
बीमा व्यवसाय केवल बीमाशुल्क संकलन र लक्ष्य प्राप्तिमा सीमित छैन। यसले हजारौँ अभिकर्ताको रोजगारी, लाखौँ परिवारको आर्थिक सुरक्षा र भविष्यप्रतिको भरोसासँग समेत सम्बन्ध राख्छ। त्यसैले दशैँको यो अवसरले नेतृत्वकर्ताहरूलाई परिवारसँग समय बिताउनुका साथै आगामी दिनमा अझ प्रभावकारी सेवा र व्यवसाय विस्तारका लागि नयाँ ऊर्जा प्राप्त गर्ने अवसर पनि दिएको छ।
अन्ततः, दशैँमा टीकाको आशीर्वाद, परिवारको माया र मनको शान्ति नै सबैभन्दा ठूलो इन्सेन्टिभ अर्थात् व्यवसायीक लक्ष्य पुरा गरेवापत प्राप्त हुने अतिरिक्त नगद वा सेवा सुविधा । व्यवसायीक लक्ष्य र बीमाशुल्क अाम्दानीको हिसाबकिताब केही दिनका लागि थाती राख्दै बीमा क्षेत्रका सम्पूर्ण नेतृत्वकर्ता, कर्मचारी, अभिकर्ता तथा बीमितहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना!












