IME Life New

विवादका बीच सम्पन्न अभिकर्ता संघकाे चुनावको मतगणना शुरू,४५ पदमा ५९ जनाकाे उम्मेदवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । पेशागत बीमा अभिकर्ता स‌ंघकाे केन्द्रीय नेतृत्व चयनका लागी भएकाे महाधिवेशनमा विवादका बीच शनिबार अबेर शुरू भएकाे मतदान आइतबार बिहान ५ बजे सम्पन्न भएकाे छ। निर्वाचन मण्डलका अनुसार कूल  २९२ जनाले मतदान गरेकाेमा आइतबार बिहानबाट अरिकल इभेण्ट  बसुन्धरामा मतगणना शुरु गरिएकाे छ।

निर्चावनमा ४५ पदका लागी कूल ५९ जनाले उम्मेदवार दिएका छन् ।

Esewa
Crest

कार्य समितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिहरुबीच स‌ंघकाे आर्थिक हिनामिना, सांगठनिक प्रतिवेदन, विधान संशाेधन, महाधिवेशन प्रतिनिधि, नेतृत्व चयन लगायतका विषयमा विवादका कारण पूर्व निर्धारित समयभन्दा ढिलाे गरी शनिबार साँझ मात्र मतदान शुरू भएकाे थियाे ।

संघकाे अध्यक्ष पदका लागी राजेन्द्र अमात्य र केदार नाथ अधिकारीले उम्मेदवारी दिएका छन् । यसैगरी वरिष्ठ उपाध्यक्षमा नारायण दाहाल र रामबहादुर तामाङले उम्मेदवारी दिएका छन् । महासचिव पदमा ओम बहादुर खत्री र रामबहादुर बुढाथाेकीले उम्मेदवारी दिएका छन् ।

सचिव २ पदका लागी खुमा कुमारी बुढा, बसन्तविक्रम कुँवर, डिल्लीराम श्रेष्ठ, कल्याणविक्रम पाण्डेसमेत ४ जनाले उम्मेदवारी दिएका छन् । महिला सचिव १ पदका लागी अम्बिका गाैतम र सुशिला न्यापानेले उम्मेदवारी दिएका छन् । क्षेत्रिय उपाध्यक्ष ७ पदका लागी देवी प्रसाद जैशी शर्मा, महेशदत्त भट्ट, लक्ष्मी राई चेली, सनत कुमार श्रेष्ठ, दामाेदर गाैतम, सूर्य बहादुर भट्टराई, सीता भण्डारी, दिपक अर्याल, विमल न्याैपाने, उपिन्द्रा राई र ऋषिराम भुषालसमेत ११ जनाकाे उम्मेदवारी छ।

सहकाेषाध्यक्ष १ पदका लागी दुर्गा कुमारी भट्टराई र तेज प्रसाद प्रसाईले उम्मेदवारी दिएका छन् । महिला सदस्य ८ पदका लागी रमा बुढाथाेकी बस्नेत, सीता दाहाल, बिन्दा विष्ट थापा, नानीमाया सापकाेटा, लक्ष्मीशाेभा डंगाेल, शान्ती देवकाेटा, पार्वती कुमारी भुसाल सापकाेटा, गाेमा देवी काेइराला भण्डारी, जानका खनाल, क्रान्ति समाल र रेखादेवी पाेख्रेलसमेत ११ जनाकाे उम्मेदवारी छ।त्यसैगरी खुल्ला तर्फ १४ सदस्य पदका लागी २३ जनाले उम्मेदवारी दिएका छन् ।

निर्वाचन मण्डलकाे अध्यक्षता संघकाे पूर्व अध्यक्ष तथा बीमा प्राधिकरणका संचालक  कपिल देव ओलीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS