IME Life New

वास्तविक खेती गर्नेलाई नै दाबी भुक्तानी दिन कृषकको आग्रह, जग्गाधनीले पाउदा समस्या  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको आयोजनामा यही पुस २४ गते आइतबार पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सहभागीहरुले जग्गाधनी एक व्यक्ति र जग्गा भाडामा लिएर खेती गर्ने अर्को व्यक्ति भएको अवस्थामा कृषि बीमा दाबी जग्गाधनीले नभई कृषिबाली लगाउने व्यक्तिले नै पाउने व्यवस्था गर्न, सरकारी निकायमा धानको बीऊ सूचिकृत नभएको सोना मनसुली धानको पनि बीमा गर्न पाउने व्यवस्था गर्न, कृषि प्राविधिकहरु सहजरुपमा उपलब्ध हुने व्यवस्था गर्न र कृषहरुलाई गाउँ गाउँमा नै बीमा सम्बन्धी जानकारी दिने व्यवस्था गर्न आग्रह गरेका छन् ।

Esewa
Crest

कार्यक्रममा प्रमुख अतिथि बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीले गाउँ गाउँमा गएर सबैलाई बीमाका बारेमा जानकारी दिने दायित्व निर्वाचित जनप्रतिनिधिहरुको भएको उल्लेख गर्दै बीमा गरेपछि हानी नोक्सानी भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति प्राप्त हुने र त्यसबाट आर्थिक अभाव पूरा गर्न सहयोग पुग्ने भएकाले सबैलाई बीमा गर्न आग्रह गरेका छन् ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमाको दायरा विस्तारका लागि बीमा सम्बन्धी कार्यक्रम तर्जूमा र बीमा सचेतनामूलक कार्यक्रम संचालनमा गाउँपालिकालाई आवश्यक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए ।

नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका सहायक निर्देशक टेकराज पाण्डेले कार्यक्रम संचालन र सहायक निर्देशक अनिश तिमिल्सिनाले स्वागत गरेका थिए । कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य  तथा कर्मचारी, बीमा कम्पनीका शाखा कार्यालय र बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, महिला समूहका पदाधिकारी, कृषक लगायत गरी करिव ८० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS