IME Life New

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकास्योरेन्स सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। रिलायबल नेपाल लाईफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाललाईफ इन्स्योरेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।
अब रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका जीवन बीमा सेवालाई सिभिल बैंकका देशभर छरिएका ६८ शाखाहरु मार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले देशका ग्रामीण भेगलाई बिशेष ध्यानमा राखी विभिन्न जीवन बीमाका योजनाहरु ल्याईएको बताएका छन् ।

Esewa
Crest

बैंकान्सुरेन्स सम्झौता मार्फत बीमाको पहुचं बिस्तार गर्ने लक्ष्य सहित अगाडी बढेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्तिम सम्म ४२ करोड ७७ लाख पहिलो बीमा शुल्क संकलन गरि नयाँ संचालनमा आएका जिबन बीमा कम्पनीहरु मध्ये तेश्रो प्रतिस्पर्धी कम्पनी बन्न सफल भएको छ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स देशका लब्धप्रतिष्ठित, अर्थशास्त्री, बैंकर, ब्यवसायीद्धारा प्रर्बद्धित जीवन बीमा कम्पनी हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS