IME Life New

विदेशी मुद्रा सञ्चिति साढे ४० खर्ब नाघ्यो, २०.९ महिनाको वस्तु आयात धान्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकमा विदेशी मुद्राको सञ्चिति साढे ४० खर्ब नाघेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३।८४ को दोस्रो महिना भदौसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुसार २०८३ असार मसान्तमा रु. ३८ खर्ब ९७ अर्ब ६७ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भई २०८३ भदौ मसान्तमा रु.४० खर्ब ६५ अर्ब ७८ करोड पुगेको छ।

Esewa
Crest

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ भदौ मसान्तमा ४.६ प्रतिशतले वृद्धि भई २६ अर्ब ४८ करोड पुगेको छ।

चालु आर्थिक वर्षको दुई महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।

समीक्षा अवधिमा चालु खाता रु. १ खर्ब ६९ अर्ब ४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु. १ खर्ब ३० अर्ब ९७ करोडले बचतमा रहेको थियो।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु. १ खर्ब ८७ अर्ब ६८ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. १ खर्ब ५३ अर्ब ६८ करोडले बचतमा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS