IME Life New

रिलायन्स लाइफ इन्स्योरेन्सले गर्यो एकैसाथ ७ शाखा बिस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: रिलायन्स लाइफ इन्स्योरेन्सले एकसाथ ७ वटा शाखाहरुको उद्घाटन गरेको छ ।

कम्पनीले धनगढी, महेन्द्रनगर, दैलेख, डडेल्धुरा, टिकापुर,  नेपालगञ्ज र  सुर्खेतमा आफ्नो शाखाहरु बिस्तार गरेको हो । धनगढी शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र प्रदेश- ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले संयुक्त रुपमा गरे ।त्यसैगरी कम्पनीको नायव कार्यकारी अधिकृत निराजन कंडेलको साथमा महेन्द्रनगर शाखा बिस्तार क्रममा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको उपस्थिती थियो ।

Esewa
Crest

शाखा बिस्तार क्रममा प्रमुख कार्यकारी अधिकृत पराजुली र नायव कार्यकारी अधिकृत कंडेलले जीवन बीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधि युक्त जीवन बीमा सेवा प्रदान गर्ने उद्देश्यले पछिल्लो समयमा आफ्नो सेवा विस्तार गरिरहेकोले त्यसमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

डडेल्धुरा शाखाको अमरगढ़ी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझा (बिपिन), दैलेख शाखाको जिल्ला समन्वय समितिका का.मु. प्रमुख बालकृष्ण केसी र प्रहरी नायव उपरीक्षक ठाकुर प्रसाद पोख्रेल, टिकापुर शाखाको टिकापुर नगरपालिकाका उपमेयर श्रीमती केशरी कुमारी रावल बिष्ट, नेपालगञ्ज शाखाको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, सुर्खेत शाखाको प्रदेश न. ६ का आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले गरेका थिए ।

शाखा उद्घाटन समारोहमा कम्पनीका पदाधिकारी र स्थानीय बासिन्दाको समेत उपस्थिति रहेको थियो । सो क्रममा इस्योरेन्सका पदाधिकारीहरुले कम्पनीको बारेमा जानकारी गराएका थिए भने जीवनबीमाको उपयोगिता सम्बन्धी प्रस्ट्याएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS