IME Life New

रमेश भट्टराईकाे त्याे गम्भीर वित्तीय अपराध, बीमाकाेष फाेडेर कुम्ल्याए कर्मचारी बाेनश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमितबाट जीवन बीमाशुल्कवापत स‌ंकलित रकम बीमितकै हितका लागि प्रयाेग गर्नुपर्ने भएपनि साविक महालक्ष्मी लाइफ ( हाल प्रभु महालक्ष्मी लाइफ) इन्स्याेरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले बीमाकाेषकाे रकम झिकेर नाफा नोक्सान हिसाबमा सारेर  कर्मचारी बाेनशमा दुरूपयाेग गरेका छन्।

जीवन बीमाशुल्कवापत संकलित रकममध्ये बचत भएकाे रकम जीवन बीमा काेषमा जम्मा गर्नुपर्ने भएपनि महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत रमेश भट्टराईले बीमितलाई ठग्ने नियतले बीमाकाेषकाे साटाे वितरण याेग्य नाफामा रकम देखाएर आफूले समेत कर्मचारी बाेनश कुम्ल्याएका हुन् ।

Esewa
Crest
जीवन बीमाकोषबाट सारेको रकम हेर्नुहोस् क्रम संख्या २ मा

नेपाल बीमा प्राधिकरणबाट आर्थिक वर्ष २०७७/७८ काे वार्षिक वित्तीय प्रतिवेदन सशर्त स्वीकृत गरि‌ंदा बीमालेख अन्तर्गतकाे दायीत्व बाेनशवापत व्यवस्था (Cost of Bonus) रकम सावधिक जीवन बीमा, अग्रिम भुक्तानी जीवन बीमा र रूपान्तरित सावधिक जीवन बीमाकाे रकम सम्बन्धित बीमा काेषमा रहेकाे भन्दा कम देखिएकाले साे बराबरकाे रकम नाफा नाेक्सान हिसाबबाट जीवन बीमा काेषमा सार्न निर्देशन दिएकाे थियाे । कम्पनी मर्जरमा जानु अघि बीमितलाई ठगेरै भएपनि कर्मचारी बाेनश कुम्ल्याई हाल्ने नियतले भट्टराईले प्राधिकरणकाे निर्देशन टेरेनन् र बीमा काेषमा जम्मा गर्नुपर्ने रकमबाटै आफू समेतले कर्मचारी बाेनश कुम्ल्याए ।

प्राधिकरणका अनुसार सावधिक जीवन बीमाकाे १ कराेड २८ लाख २ हजार ५१७, अग्रिम भुक्तानी जीवन बीमाकाे बाेनशवापत ३७ लाख ४९ हजार ६९८ र रूपान्तरित सावधिक जीवन बीमाकाे २३ लाख ४७ हजार रूपैयाँ बाेनश रकम जीवन बीमा काेषमा देखिनुपर्नेमा यसबाट रकम झिकेर प्रमुख कार्यकारी अधिकृत भट्टराईले कर्मचारी बाेनश बाँडेका हुन् । प्राधिकरणकाे निर्देशन अटेर गर्दै महालक्ष्मी लाइफले आगामी आर्थिक वर्षकाे वित्तीय विवरण तयार पार्दा नाफा नाेक्सान हिसाबबाट बीमा काेषमा सार्ने भन्दै वार्षिक प्रतिबेदनको अन्तिम पेजमा प्रकाशित गरिएको थियो ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पाैडेलले प्राधिकरणले सशर्त वित्तीय विवरण स्वीकृत गरेकाे अवस्थामा शर्त पालना नगरी वित्तीय विवरण साधारण सभामा लैजान नमिल्ने बताए । उनले भने, याे कारवाहीकाे विषय हाे, प्राधिकरणले यस विषयमा आवश्यक निर्णय लिनेछ। यस बारेमा थप जानकारी लिन सिइओ भट्टराईलाई सम्पर्क गर्दा मोबाइल अफ गरेर बसेका छन् भने कम्पनीका सूचना अधिकारी कमल पन्थी सम्पर्कमा  आएनन्।

मर्जरपछि झनै खस्कियाे प्रभू महालक्ष्मीकाे व्यापार, के गर्दैछन् सिइओ भट्टराई ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

5%
sad

दु :खी

0%
amazed

अचम्मित

18%
excited

उत्साहित

77%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS