IME Life
Beema Board

मर्जरपछि झनै खस्कियाे प्रभू महालक्ष्मीकाे व्यापार, के गर्दैछन् सिइओ भट्टराई ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभू लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स बीच मर्जरपछि बनेको  एकीकृत कम्पनी प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सले मर्जरकाे सिनर्जी देखाउन सकेको छैन। चालू आर्थिक वर्षकाे पहिलाे दुई महिनामा भएकाे व्यापारले पनि मर्जरपछि कम्पनीकाे व्यापार झन्      खस्किएकाे देखिन्छ।

गत आर्थिक वर्षकाे पहिलाे दुई महिनामा महालक्ष्मी लाइफले ८ कराेड ४५ लाख ९७ हजार  र प्रभूले ७ कराेड ५१ लाख २० हजार  गरि  जम्मा १५ करोड ९७ लाख १७ हजार रुपैयाँ प्रथम् बीमाशुल्क आर्जन गरेका थिए । चालू आर्थिक वर्षकाे साेही अवधिमा प्रभू महालक्ष्मी लाइफकाे प्रथम बीमाशुल्क आर्जन  जम्मा १२ कराेड ५० लाख ६० रुपैयाँ रहेकाे छ। गत आवकाे समीक्षा अवधिकाे तुलनामा नयाँ व्यवसायबाट प्राप्त भएकाे बीमाशुल्क आम्दानी करिव २२ प्रतिशतले घटी हाे ।

Prabhu
Crest

महालक्ष्मी लाइफबाट नेतृत्व सम्हाल्न आएकाे उच्च व्यवस्थापनले साबिक प्रभू लाइफका कर्मचारीसँग उचित व्यवहार गर्न नगर्दा काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीले गुनसाे गरेका छन् । दुई महिनामा दुई ठाउँमा सरुवा गर्ने, अपमान गर्ने, जिम्मेवारी खाेस्ने, मानसिक तनाव दिने काम भएकाे छ,पीडित कर्मचारीले गुनासाे गर्दै भने, हेड अफिस तिर पनि काम गर्ने वातावरण छैन भन्ने सुन्दैछाैं।

अहिलेकाे मन्दीका समयमा कर्मचारीलाई उच्च मनाेबलमा राखेर काम लिनुपर्नेमा अर्काे ग्रुपकाे कर्मचारीलाई पेलपाल गरेर अघि बढ्ने नियतले काम भइरहेकाे छ,अर्का एकजना शाखा प्रबन्धकले गुनासाे गर्दै भने, काम गर्ने क्षमता अनुसारकाे जिम्मेवारी र सम्मान् नदिए व्यापार झनै खस्किनेछ।

आर्थिक वर्ष २०७९/८०काे असार मसान्तमा काम गर्नुपर्ने समयमा दुबै बीमकबीचकाे काराेबार एकीकृत गरेकाे भन्दै तीन दिनसम्म काराेबार ठप्प रहेकाे थियाे । नेपाल बीमा प्राधिकरणका अनुसार मसान्तमा तीन दिनसम्म काराेबार ठप्प रहे पनि २०८० असार मसान्तकाे काराेबार तथ्या‌ंकमा पर्याप्त कैफियत भेटिएकाे छ।

पेलेरै गलहत्याउने बाटाेः

दुबै कम्पनीका कुनै पनि कर्मचारीलाई स्वेच्छिक अवकाश योजना मार्फत् बिदाई नगर्ने सार्वजनिक घोषणा गरेका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले पेलेरै राजीनामा दिन बाध्य तुल्याउने रणनीति अपनाएका छन्। पेल्न नसकिने कर्मचारीको हकमा जिम्मेवारीविहीन बनाई दिएर राजीनामाका लागि दुरुत्साहन गर्ने रणनीति पनि उनको छ। भट्टराई आफैले भने पहिलो बैठकमै दुई करोड रुपैयाँ स्वेच्छिक अवकाश स्वरुप दिए बाहिरिने बताएका थिए।

स्वेच्छिक अवकाश योजना ल्याउँदा कम्पनीलाई अनावश्यक आर्थिक भार पर्ने भएकाले सकेसम्म बचन र कामको पेलाईबाटै अनिच्छित कर्मचारीलाई लखेटेर उनी सञ्चालक समितिबाट स्याबासी लिने दाउमा रहेकाे पीडित कर्मचारीकाे गुनसाे छ।

कानूनी उपचारकाे बाटाेबाट महालक्ष्मी लाइफकाे लागि इजाजत पत्र लिन स‌ंभव बनाएका भट्टराईले महालक्ष्मी लाईफलाई छोटो समयमै नम्बर वन बनाउने दाबी गर्दै आमसञ्चारमाध्यमहरुमा निरन्तर अन्तरवार्ता दिएका थिए। त्यो छोटो समय अझैसम्म आएकाे भने छैन । बरु महालक्ष्मी लाईफ इन्स्योरेन्सको खराब व्यवसायका कारण तर्सिएर यसका संस्थापकले पूँजी वृद्धिका लागि हकप्रद शेयरमार्फत् थप पूँजी लगानी गर्न पनि हच्किए। यस बारेमा थप जानकारी लिन सिइओ भट्टराईलाई सम्पर्क गर्दा मोबाइल अफ गरेर बसेका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%

खुसी

7%

दु :खी

7%

अचम्मित

13%

उत्साहित

27%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS