IME Life New

बिमल ढकालको अध्यक्षतामा पेशागत अभिकर्ता संघ नेपाल बीमक समिति युनियन लाइफ गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत अभिकर्ता संघ नेपाल बीमक समिति युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रिय कमिटी चयन गरेको छ । बिमल ढकाललको अध्यक्षतामा १९ जनाको कार्यसमिति गठन भएको हो । दोस्रो केन्द्रिय अभिवेशनबाट तीन जना सदश्य मनोनित सहित १९ सदश्यको कार्यसमिति गठन गरिएको हो ।

माघ एक गते आइतबार काठमाडौंको तीनकुनेमा पेसागत अभिकर्ता संघ नेपालका केन्द्रीय अध्यक्ष नन्द प्रसाद तिवारीको प्रमुख आतिथ्यमा पेसागत अभिकर्ता संघ नेपाल विमक समिति युनियन लाईफ इन्स्योरन्स कम्पनी लिमटेडको दोस्रो अधिवेश भएको थियो । कार्यक्रमको अध्यक्षता संघका केन्द्रिय सदश्य दामोदर गौतमले गरेका थिए ।

Esewa
Crest

बन्दसत्रबाट व्यापक छलफल पश्चात सर्वसम्मतिमा पेशागत अभिकर्ता संघ नेपाल विमक समिति युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटड को केन्दीय कमिटी चयन गरिएको छ । अध्यक्षमा विमल ढकाल सहित बरिष्ठ उपाध्यक्षमा निरज कुमार भट्ट निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा अम्बिका गौतम, सचिवमा सुमन भुजेल, ससचिवमा इन्द्र बहादुर विक, कोषाध्यक्षमा विमला सुवेदी निर्वाचित भएका छन् । सदश्यहरुमा माधव राज अधिकारी, अरुण बहादुर रानाभाट, रेशम गौतम, भीम बास्कोटा, सूर्य के सी, सजना पौडेल, युवराज पौडेल, सञ्जीव खनाल, कमल सापकोटा, सन्तोष दाहाल निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमितिमा वसन्त कुमार शाह, रबिन थापा मगर र नानी मायाँ सापकोटा मनोनित भएका छन् । दुई जना सल्लाकार चयन गरिएको छ । वरिष्ठ सल्लाहकार झबिन्द्र प्रसाद मरासिनी र कृष्ण नेपाल मनोनित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

43%
happy

खुसी

14%
sad

दु :खी

14%
amazed

अचम्मित

29%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS