IME Life New

बल्ल जुन महिनामा आएर व्यापार वृद्धि गर्दै भारतीय निर्जीवन बीमा कम्पनीहरु !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी :भारतीय निर्जीवन बीमा कम्पनीहरुले विस्तारै आफ्नो व्यापार वृद्धि गर्न थालेका छन् । पहिलो तीन महिना (अप्रिल, मे, जुन) महिनामा कुल बीमा शुल्क आर्जनमा ४ दशमलव २४ प्रतिशतको गिरावट आएको छ तर जुन महिनालाई मात्र हेर्ने हो भने कुल बीमा शुल्क आर्जनमा ७ दशमवल ८३ प्रतिशतको वृद्धि देखिएको छ।

भारतका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तीन महिनासम्म ३९,३२९ करोड भारतीय रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

Esewa
Crest

अप्रिल र मे महिनामा कुल बीमा शुल्क आर्जनमा गिरावट आए पनि जुन महिनामा भने कुल बीमा शुल्क आर्जनमा वृद्धि देखिएको छ।  चालु आर्थिक वर्षको जुन महिनामा १३,९६१ करोड भारतीय रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका भारतीय निर्जीवन बीमा कम्पनीहरुले अघिल्लो वर्षको जुन महिनामा १२,९४७ करोड कुल बीमा शुल्क आर्जन गरेका थिए।

स्वास्थ बीमामा आएको वृद्धिको कारणले गर्दा जुन महिनामा राम्रो बीमा शुल्क आर्जन भएको छ तर मोटर इन्स्योरेन्स भने दवावमै रहेको देखिन्छ।
एसबीआई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतका अनुसार उनको कम्पनीले जुन महिनामा स्वास्थ बीमा, अग्नी बीमा र बाली बीमामा राम्रो व्यापर गरेको छ।

Image Source: Business Standard

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS