IME Life New

विश्वमा तेस्रो विश्वयुद्ध जस्तै हालतः कंगना रनौत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) की सांसद तथा अभिनेत्री कंगना रनौतले विश्वले तेस्रो विश्वयुद्ध जस्तै परिस्थितिको सामना गरिरहेको बताएकी छन्। उनले भनिन्, ‘यस्तो समयमा भारतलाई प्रधानमन्त्री नरेन्द्र मोदीको बलियो नेतृत्वको अझ बढी आवश्यकता छ।’

शुक्रबार एक मिडिया अन्तक्र्रियाको क्रममा वरिष्ठ वकिल प्रशान्त भूषणलाई ‘शासन परिवर्तन’ सम्बन्धी अभिनेत्री कंगनाको भाइरल बयानमा टिप्पणी गर्न भनिएको थियो। उनले भनिन्, ‘यस्ता अभिव्यक्तिहरुले बारम्बार देशलाई बलियो नेतृत्वको महत्त्वको सम्झना गराउँछन्।’

Esewa
Crest

कंगनाले भनिन्, ‘यस्ता कार्यले बारम्बार देशलाई बलियो नेतृत्वको आवश्यकताको सम्झना गराउँछन्। तपाइँले हिजो राति फ्रान्समा के भयो देख्नुभयोः जताततै आगो लगाइयो, ऐतिहासिक भवनहरुदेखि पसलहरुसम्म सबै लुटियो। मानिसहरु यो सबै हेरिरहेका छन्।’

कंगनाका अनुसार विश्वले तेस्रो विश्वयुद्ध जस्तै परिस्थितिको सामना गरिरहेको छ र यस्तो समयमा भारतलाई प्रधानमन्त्री मोदीको बलियो नेतृत्वको अझ बढी आवश्यकता छ।

यसैबीच मिडियासँग कुरा गर्दै कंगनाले कोलकातामा भागदौडका कारण भएको दुर्घटनामा पनि दुःख व्यक्त गरिन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS