IME Life New

बंगलादेश सरकारले ल्यायो बीमा बजारको डिजिटलीकरण लागि ७० मिलियन डलरको परियोजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एजेन्सी। बंगलादेशको सरकारले त्यहाँको बीमा बजारको डिजिटलीकरणको लागि ७० मिलियन अमेरिकी डलर लगानी गर्ने भएको छ । बीमा बजारमा जनताले पाउनु पर्ने सेवा सुविधा छिटो र सहज रुपमा प्रवाह गर्ने मूल उद्धेश्यको लागि सो रकम लगानी गर्न लागिएको हो ।

त्यस्तै सो रकम नियामक निकायको क्षमता अभिवृद्धि गर्नको लागि पनि प्रयोग हुने छ । यस परियोजना पश्चात बीमा कम्पनीहरुलाई सुपरीवेक्षण तथा अनुगमन गर्न र पारदर्शीताको लागि सहयोग मिल्ने छ । त्यस्तै सो रकमले आईटीको पूर्वाधार विकास र दुरशिक्षाका लागि विभिन्न केन्द्र स्थापनाको लागि पनि प्रयोग हुने छ ।

Esewa
Crest

बंगलादेश सरकारको यस प्रकारको लगानीले त्यहाँको बीमा बजारमा जनताको पहुँच वृद्धि हुने विश्वास त्यहाँको बीमा कम्पनीले लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS