IME Life New

पत्रकारितासँगै बीमा क्षेत्रमा जमेर व्यवसाय गर्दै अशोक, भन्छन् अभिकर्ता पेसाभन्दा पनि सेवा हो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा क्षेत्रमा एक परिचित नाम हो ‘अशोक बुद्ध लामा’ । अशोकको जन्म रोशी गाउँपालिका वडा नं. ११ करमडाँडामा भएको हो । अशोक अहिले स्नातक तह चौथो वर्षमा अध्ययनरत छन् । उनी सिटिजन लाइफमा स्थापनाकालबाटै जोडिएका हुन् । हाल अशोक बनेपा शाखाका एजेन्सी म्यानेजर छन् । उनी असीमित ठाउँहरुमा गएर आफ्नो कम्पनीका साथै समग्र बीमा बुझाउने गर्छन् ।

अशोकको पढाइप्रतिको लगाव भने अन्य मानिसभन्दा भिन्न छ । फुर्सद हुनेबित्तिकै जुनसुकै ठाउँ होस् वा किताब पढिहाल्ने । विसं. २०५२ सालमा जन्मिएका अशोक सानैदेखि परिश्रमी र लगनशील थिए । उनी परिश्रमीकै कारण आज पत्रकारिता, सन्सल्टेन्सी व्यवसाय र बीमा क्षेत्रमा सफल छन् । यतिमात्रै नभएर अशोक सामाजिक कार्यप्रति पनि अग्रसर व्यक्तित्व हुन् ।

Esewa
Crest

राजनीति पृष्ठभूमिमा जन्मिएका अशोकलाई भने राजनीति परिवेशले खासै प्रभाव पारेन । उनलाई आफ्नो पेसा र व्यवसायले नै व्यस्त बनाएको छ । अशोकले मेहनत र लगनशीलतालाई आफ्नो जीवनको एक महत्वपूर्ण पाटो सम्झेर अगाडि बढिरहे । उनी भन्छन्, ‘म सानैदेखि संघर्षमा अडिग रहन्थे । मैले मेहनत गर्न कहिले पनि छाडिनँ । एक क्षेत्रमा मात्रै सीमित भएर रहिनँ । मैले कुन क्षेत्रबाट आफूलाई सफलता मिल्छ भन्ने दौरानमा मेहनत गरिरहेँ । मेरो मेहनत गर्ने बानी र लगनशीलताले गर्दा नै आज बीमा क्षेत्रले मलाई सफलता दिएको आभास छ ।’

बीमा क्षेत्र यसरी जोडिन पुगे
अशोक आफ्नै गाउँपालिकामा सीमित अवधिका लागि काम गरिरहेका थिए । सोही गाउँपालिकाको कार्यालयमा काम गर्ने अधिकृत राजन श्रेष्ठ सिटिजन लाइफ इन्स्योरेन्समा पनि जोडिएका रहेछन् । श्रेष्ठले अशोकलाई पनि बीमा अभिकर्ता बन्दा हुने फाइदाबारे जानकारी दिए । ‘बीमा अभिकर्ताको काम र आम्दानी अनि बीमाका फाइदा र बीमाले दिने सुविधालगायत अभिकर्ताका समग्र काम तथा कर्तव्य’ बारेमा श्रेष्ठले बताउँदै जाँदा अशोक अभिकर्ता पेसाप्रति आकर्षित हुन पुगे। त्यसको केही समयपछि नै अशोकले सिटिजन लाइफबाट अभिकर्तालाई दिने ३ दिने तालिममा सहभागी भए । त्यो तालिम अशोकका लागि जीवनकै महत्वपूर्ण खुड्किलो बन्यो । जसले गर्दा उनलाई आजको सफलतासम्म आइपुग्न मद्दत मिल्यो । अन्ततः अशोकले सिटिजन लाइफबाट लाइसेन्स लिई कम्पनीको बनेपा शाखाबाट काम गर्न थाले ।

काम गर्न थालेको छोटो समयमै अशोकको सफलताले साथीहरु पनि अभिकर्ता पेसाप्रति आकर्षित हुन थाले। ‘मैले लाइसेन्स लिएर काम गर्न थालेपछि मेरो कामबाट साथीहरुसमेत प्रभावित भएर उनीहरु पनि यो पेसामा जोडिए’, अशोकले भने।

अशोकले सुरुको बीमा आफ्नै चिनेको दाइको गराएको हुनाले खासै गाह्रो नभएको बताए । उनले भने, ‘मलाई सुरुको बीमा गराउन गाह्रो भएन । किनकि मेरो ब्रान्च म्यानेजर सरले पनि बुझाइदिनुभयो ।’ अशोकले धेरै जिल्लामा बीमा पोलिसी बिक्री गराएका छन् । ‘अहिलेसम्म मैले १५० वटाभन्दा बढी पोलिसी बिक्री गरिसकेँ’, उनले भने।

सबै बुझेरमात्रै बीमा गराउनुपर्छ
बीमा प्रस्ताव लिएर जाँदा कसैलाई पनि फोर्सफुल्ली बीमा गराउन नहुने अशोकको अनुभव छ । उनी भन्छिन्, ‘बीमा गराउँदा व्यक्तिको पारिवारिक अवस्था, आयआर्जन र आम्दानी सबै हेरेर बीमा गराउनुपर्छ । ता कि बीमा गराएपछि बीमा पोलिसी व्यतित नहोस्’, उनले भने, ‘बीमा पोलिसी म्याच्युरिटी होस् । बीमा गराउन जाँदा यो व्यक्तिले कतिसम्मको बीमा गराउन सक्छ ? कस्तो पोलिसी ठीक हुन्छ ? लगायतका विषयमा आफूले नै विचार गरेर ग्राहकसामु पोलिसीका बारेमा जानकारी दिई बीमा गराइदिनुपर्छ ।’

‘हामीले आफ्नो फोर्सले महँगो बीमा गरायौँ भने भोलि त्यो पोलिसीको प्रिमियम बीमितले तिर्न नसकी पोलिसी ल्याप्स हुन्छ’, अशोकले भने, ‘त्यसकारण अभिकर्ताले सबै बुझेर बीमा गरायो भने दीर्घकालीन हुन्छ । बीमा गराएरमात्रै हुँदैन, बीमा गराएपछि आफ्ना बीमितहरुको फलोअपमा रहनुपर्छ ।’

आफूले गरेको विभिन्न पेसामध्ये अशोकलाई अभिकर्ता पेसा नै उत्कृष्ट लाग्छ । ‘किनकि बीमा दुःखको साथी हो । दुःख पर्दा बीमाले साथ दिन्छ’, उनले भने, ‘सुखमा त सबैको साथ मिल्छ । तर, दुःख पर्दा सबै टाढा–टाढा जान्छन् । त्यसकारण दुःखको साथी भनेकै बीमा हो ।’ अभिकर्ताले बीमितको हितमा काम गरे पुन्य मिल्छ ।’

‘मलाई पनि सुरुमा अभिकर्ता पेसामा गाह्रो भएको थियो । तर, गर्दै जाँदा सहज भयो’, अशोकले भने, ‘अभिकर्ता भनेको पुल हो । जसले बीमा कम्पनी र ग्राहकबीचको काम गर्छ । यो पेसामा निरन्तर लागेमा मात्रै सफलता पाइन्छ । आजको आजै त कुनै पनि पेसामा सफल भइँदैन ।’

अभिकर्ता थोरै प्रिमियम संकलन गरी ठूलो जोखिम बहन गरिदिने पेसा रहेको अशोक बताउँछन्। ‘मैले बीमितहरुबाट राम्रो प्रतिक्रिया पाएको छु’, उनले भने, ‘बीमा अभिकर्ता सामाजिक पेसा पनि हो । बीमितहरुलाई दुःख आइपर्दा बीमाले जोखिम बहन गर्छ ।’

बीमा अभिकर्ता बचत गर्न लगाउने पेसा पनि रहेको अशोकको बुझाइ छ। ‘हामी सबैलाई बीमा गर्नुस् त भन्छौँ तर त्यो नै हामीले बचत गर्न लगाएको हौँ’, उनले भने, ‘बीमा पेसाभन्दा पनि सेवा हो।’

इमान्दारिता र निरन्तरताले नै सफलता
एजेन्सी म्यानेर अशोकको अनुभवमा अभिकर्ता रमाउँदै कमाउने पेसा हो । ‘इमान्दारितापूर्वक काम गर्ने हो भने यो पेसाले राम्रो आम्दानी गर्न सहयोग गर्छ’, अशोकले भने, ‘बीमितलाई समस्या पर्दा सहयोग गर्ने, उनीहरुले बुझ्न चाहेको कुरालाई बुझाउने गर्दा बीमितले विश्वास गर्छन्।’
यसका साथै कम्पनीको नियम कार्यान्वयन गर्ने र अभिकर्ताको नियमभित्र रहेर काम गर्नु पनि सफलताको अर्को पाटो रहेको अशोकको बुझाइ छ । ‘कतिपय ठाउँमा अभिकर्तालाई दलालको संज्ञा दिने गरिन्छ भने थुप्रै नकारात्मक टिप्पणीसमेत आउने गर्छ’, उनले भने, ‘यस्तो अवस्थामा संयम भएर काम गर्न सकेमा एक सफल अभिकर्ता बन्न सकिन्छ।’
अभिकर्तामा हुनुपर्नेे गुण

बीमा अभिकर्तामा असल छवि, पारदर्शीता, लगनशीलता, बोलीमा मीठासपन, हसिलो व्यवहार र धैर्यताजस्ता गुण हुनु आवश्यक रहेको अशोकको अनुभव छ ।

बीमा प्राधिकरणले ल्याएको कडा नीति, नियम र व्यवस्थाप्रति अशोकले गुनासो गरेका छन् । कम्पनीहरुप्रति प्राधिकरण लचिलो बनिदिनुपर्ने अशोकको सुझाव छ । ‘बाल भविष्य बीमा योजना बीमितको चाहनाअनुरुप बिक्री गर्न पाउने व्यवस्था गर्नुपर्छ’, अशोक सुझाव दिँदै भन्छन्।

अशोक रोशी साहित्य मञ्चका सचिव हुन् । उनी तामाङ पत्रकार संघ काभ्रे जिल्ला सदस्यसमेत छन् । अशोकले बीमा क्षेत्रमा पनि कडा मेहनत गरेका छन् । कम्पनीले दिने हरेक टार्गेट पूरा गरेका छन् । उनले भने, ‘आगामी दिनमा पनि मैले कम्पनीप्रति दिएको विश्वासलाई गुम्न नदिई निरन्तर काम गर्नेछु ।’

आफ्ना बीमितको हितमा सधैँ काम गर्ने प्रतिबद्धता पनि अशोकले जनाएका छन् । उनले डायमन्ड क्लब र गोल्ड क्लबसमेत पाइसकेका छन् । यस वर्ष अशोक ब्रोनजोन क्लबमा समेत प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

75%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS