IME Life New

नेशनल लाइफका अभिकर्ता जीवन खत्रीले पुरा गरे कोर्ट अफ द टेबलको लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको वरिष्ठ एजेन्सी म्यानेजर जीवन कुमार खत्री कोर्ट अफ द टेबल(सिओटी) को लागि तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्न सफल भएका छन् । इन्स्योरेन्सका अनुसार खत्रीले सन् २०२५ का लागि सिओटी उपाधिका लागि हुन मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) ले तोकेको व्यवसायीक लक्ष्य पुरा गरेका हुन् ।

मिलियन डलर राउण्ड टेबल विश्व भरका बीमा अभिकर्ता तथा वित्तीय परामर्शदाताको अन्तर्राष्ट्रिय संस्था हो । यो संस्थाले तोकेको वार्षिक व्यवसायीक लक्ष्य पुरा गर्ने अभिकर्तालाई एमडिआरटी, सिओटी र टिओटी उपाधी दिंदै आएको छ। यसका लागि सदस्यता शुल्क भुक्तानी गर्नुपर्छ। यी तीनवटा मध्ये कुनै एक उपाधिका लागि योग्य हुने अभिकर्ताले सदस्यता शुल्क र सम्मेलन दर्ता शुल्क भुक्तानी गरेको अवस्थामा अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर समेत प्राप्त गर्छन् ।

Esewa
Crest

प्रत्येक वर्षको जनवरीदेखि डिसेम्बर सम्मको १२ महिनाको अवधिका लागि एमडिआरटीले व्यवसायीक लक्ष्य निर्धारण गरेको हुन्छ। यस्तो लक्ष्य देश अनुसार फरक फरक हुन्छ। अभिकर्ताले आर्जन गरेको प्रथम बीमाशुल्क वा कमिशनका आधारमा एमडिआरटीको योग्यता तय गरिन्छ।

सन् २०२५ का लागि एमडिआरटी योग्य हुन बीमा अभिकर्ताले कम्तीमा ४६ लाख ९२ हजार ९ सय रुपैयाँ बीमाशुल्क आर्जन गर्नुपर्छ ।  यसैगरी कोर्ट अफ द टेबल उपाधीका लागि सन् २०२४ मा कुनै अभिकर्ताले व्यक्तिगत व्यापारबाट कूल १ करोड ४० लाख ७८ हजार ७ सय रुपैयाँ बीमाशुल्क आर्जन गरेको हुनुपर्छ। टप अफ द टेबलका लागि २ करोड ८१ लाख ५७ हजार ४ सय रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ। सन् २०२४ का लागि यो रकम जम्मा २ करोड ५० लाख २९ हजार रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS