IME Life New

नर्सिङ पेशा छोडेर बीमामा जम्दै रविना, ‘बीमितको हितमा काम गर्दा सफलता अवश्य मिल्छ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रविना के.सी अधिकारी हाल काठमाडौं पेप्सीकोला बस्दै आएकी छिन् । उनको जन्म घर भने रामेछापको हिलेचौर–२ हो। उनले एसएलसीसम्मको अध्ययन जन्मथलोमै पूरा गरिन् । एसएलसीपछि नर्सिङ पढ्ने सुनौला सपना बोकेर काठमाडौं छिरेकी रविना नर्सिङ अध्ययन गर्दैगर्दा विवाह बन्धनमा बाँधिन पुगिन् । विवाहपछि उनको नर्सिङ अध्ययन त पूरा भयो तर जागिरका लागि असहज, परिवार, सासुससुरा, सबैलाई सम्हालेर हस्पिटलको नाइट ड्युटी  । एक गृहणीका लागि यो जागिर ‘अप्ठेरो’ साबित भयो ।

रविनाले परिवारलाई समय दिएर गर्ने जागिरको खोजीमा बीमा अभिकर्ता पेसा रोजीन् । उनले २०७३ सालमा नेशनल लाइफ इन्स्योरेन्सको अभिकर्ता लाइसेन्स लिइन् । त्यसपछि आफ्नो परिवारको बीमा गराइन् । तर, परिवारले यो पेसालाई त्यति रुचाएनन् । परिवारले यो त नराम्रो काम हो, यस्तो झोला बोकेर हिँड्ने काम राम्रो हैन भनेपछि उनी यो पेसाबाट ब्याक भइन् । त्यसपछि उनले दुई वर्षजति स्कुलमा काम गरिन् । उनलाई भने अभिकर्ता पेसा नै राम्रो लागेको थियो ।
केही समयपछि रविनाका श्रीमानसँग एक इन्स्योरेन्स कम्पनीका बीएमको भेट भयो । श्रीमानसँग ती बीएमले ‘तपाइँकी श्रीमतीलाई इन्स्योेन्स कम्पनीमा काम गर्न लगाउनु, उहाँ एकदम फरवार्ड हुनुहुन्छ’ भन्ने सल्लाह दिएपछि श्रीमानले बीमा कम्पनीमा काम गर्न उनलाई सुझाए । उनका लागि यो एक सफलताको मोड बन्यो । त्यसपछि उनी २०७५ सालबाट बीमा अभिकर्ता पेसालाई निरन्तरता दिँदै आइरहेएकी छिन् ।

Esewa
Crest

पहिलो बीमा गराउँदा आफ्नै परिवारबाट गराएको हुनाले खासै गाह्रो नभएको रबिना सुनउँछिन्। उनले बीमा क्षेत्रमा प्रवेश गरेको केही समयमै राम्रो सफलता पाइन् । कम्पनीले दिएको टार्गेट पूरा गर्दै बीमा पेसामा प्रवेश गरेकै वर्षबाट एमडीआरटी बन्नसमेत सफल भइन् । उनी लगातार पाँच वर्ष नै एमडीआरटी बन्दै आइरहेकी छिन् । उनी भन्छिन्, ‘बीमा गराउन धेरै सजिलो काम पनि हैन तर बुझाउँदै गएसी नसकिने पनि होइन ।’

विशेषतः गाउँघरतिर बीमा बुझाउन गाह्रो रहेको रविना बताउँछिन् । अझै पनि गाउँघरका आममानिसमा हाम्रो पैसा डुब्छ भन्ने मानसिकता रहेको छ । अझै पनि बीमा बुझाउन मुश्किल हुने गरेको उनले बताइन् । ‘यो पेसामा लाग्दाको समय र पाँच वर्षको अन्तरलाई दाँजेर हेर्दा बीमा बुझाइमा केही परिवर्तन भने रहेको छ’, उनको अनुभव छ, ‘पहिलाभन्दा अहिले अलि सहज भएको छ।’
रविनाको बुझाइमा बीमा एक किसिमको मानव सेवा हो। ‘साथै, आम्दानीको एक पाटो पनि’, उनी भन्छिन्। हुन त रविनाले बीमा अभिकर्ता पेसामा आबद्ध भएपछि धेरै संघर्ष गर्न नपरेको पनि होइन । तर, पनि आफ्नो लगनशीलता, मेहनत र संघर्षपनले गर्दा आज उनी एक सफल बीमा अभिकर्ताका रुपमा अगाडि बढ्दै गइरहेकी छिन् । बीमा अभिकर्ता पेसामा सन्तुष्ट रहेको उनी बताउँछिन् । ‘आम्दानीको हिसाबले हेर्ने हो भने म सन्तुष्ट नै छु’, उनी भन्छिन्।

कतिपय बीमा अभिकर्ताले गरेको १–२ वटा नराम्रा कामले गर्दा अभिकर्तालाई हेर्ने दृष्टिकोण नराम्रो भएको रविनाको भनाइ छ। ‘तर, बीमा पेसामा बीमितको हितमा काम गर्दै गयो भने धेरै सफलता अवश्य मिल्छ’, उनले भनिन्, ‘सहनशीलता, धैर्यता, दृढ विश्वास, मिलनसार, सबैमा घुलमिल हुने क्षमताजस्ता गुणहरु एउटा बीमा अभिकर्तामा हुनुपर्दछ । बीमा अभिकर्ता एउटा सामाजिक पनि काम हो । यो पेसामा आम्दानी हुनुका साथै सबैलाई आफूले चिन्ने अवसर मिल्छ र आफूले पनि अरुलाई चिन्ने मौका मिल्छ ।’
ग्राहकलाई बीमा बुझाउनुपर्ने कुरा नै यो पेसाको मुख्य चुनौती रहेको रविनाको अनुभव छ। ‘एसएलसीसम्मको योग्यता भएका जोकोही पनि अभिकर्ता भएर काम गर्न पाउने पनि यस पेसाको चुनौती नै हो’, उनले भनिन्, ‘तर, चुनौतीका साथै समाधान पनि रहेका हुन्छन्। लगनशील भएर जसरी पनि बीमा बुझाउँछु भनेर अगाडि बढेमा फेरि यो पेसा साँच्चिकै उदाहरणीय पेसा बन्छ ।’ अभिकर्ता पेसा अपनाउँदा प्रोफेस्नल रुपमा गर्न रविनाले सबैलाई आग्रहसमेत गरेकी छिन्।

बीमा गराउँदा भोगेका केही तीता–मीठा अनुभवका साथमा रमाइला र सम्झनलायकका पलहरु रहेको रविना सुनाउँछिन्। ‘मसँग भएका तिनै रमाइला अनि केही तीता अनुभवलाई आत्मसाथ गर्दै आमसमुदायलाई बीमाको ज्ञान बाँड्दै बीमाको दायरालाई फराकिलो पार्ने उद्देश्य लिएर अघि बढ्दैछु’, रविनाले भनिन्।

लामो समयदेखि अभिकर्ता पेसामा लागेकी रविना विभिन्न अर्वाडले सम्मानित भइसकेकी छिन् । ‘बीमा पेसाले मलाई सबैसामु परिचित बनाएको छ’, उनले भनिन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS