IME Life New

दोस्रो दिन पनि सेयर मूल्यमा गिरावट हुँदा टेस्लालाई ५० अर्ब डलर नोक्सान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

न्युयोर्क। विद्युतीय कार निर्माता कम्पनी टेस्ला इंकको सेयर मूल्यमा लगातार दोस्रो दिन गिरावट आएको छ । कम्पनीका मालिक एलन मस्कले गरेको एउटा मत सर्वेक्षणमा ट्विटर प्रयोगकर्ताले मस्कले १० प्रतिशत सेयर बिक्री गर्नुपर्ने बताएपछि कम्पनीको सेयरमा गिरावट आएको हो ।

मंगलबार ४ दशमलब ९ प्रतिशले गिरावट आएको टेस्लाको सेयर मूल्य बुधबार ९ दशमलब ५ प्रतिशतमा झरेको छ । सेयर मूल्यमा गिरावटसँगै टेस्ला इन्कलाई करिव ५० अर्ब डलर नोक्सान भएको छ । टेस्साले पछिल्लो १४ महिनाको अवधिमा यति ठूलो परिणाममा नोक्सान भएको हो ।

यो ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सको इतिहासमा दुई दिनमा भएको सबैभन्दा ठूलो गिरावट हो । यसअघि सन् २०१९ मा म्याकेनी स्कटसँग जेफ बेजोसको सम्बन्ध विच्छेदपछि ३६ अर्ब डलरको गिरावट आएको थियो ।

Esewa
Crest

पछिल्लो समयमा टेस्लाबारे नकरात्मक समाचार विवरण सार्वजनिक हुन थालेका छन् ।

ट्विटरमा भएको एउटा मत सर्वेक्षणका मतदाताहरूले मस्कलाई १० प्रतिशत सेयर बिक्री गरेर कर तिर्न अनुरोध गरेका थिए । मस्कले करिव २१ अर्ब डलर बराबरको सेयर बेच्नुपर्ने हुन सक्छ ।

मस्कले सञ्चालन गरेको एउटा सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए । उनीहरुमध्ये ५८ प्रतिशत मतदाताले मस्कले सेयर बिक्री गर्नुपर्ने बताएका थिए । उनीहरुले मस्कलाई क्रिप्टोकरेन्सीजस्ता अन्य क्षेत्रमा लगानी बढाउन पनि मस्कलाई सुझाव दिएका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS