IME Life New

दुई साताका लागि बन्द हुँदै प्राधिकरणको अभिकर्ता परीक्षा पोर्टल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इजाजत पत्र वितरणका लागि अनलाइन परीक्षा सञ्चालन गर्दै आएको नेपाल बीमा प्राधिकरणले १५ दिनसम्म अनलाइन परिक्षा प्रणाली बन्द गर्ने भएको छ।

प्राधिकरणले अभिकर्ता सूचना तथा परीक्षा प्रणालीलाई अध्यावधिक गर्नका लागि साउन ८ गतेदेखि प्रणाली बन्द गर्न लागेको हो । प्राधिकरणले प्रकाशन गरेको सूचनाअनुसार साउन ७ गतेदेखि बढीमा १५ दिनका लागि परीक्षा प्रणाली बन्द रहनेछ ।

Esewa
Crest

प्राधिकरणले प्रदेश कार्यालयबाट समेत अनलाइन परीक्षा सञ्चालन गर्न सकिने सुविधा शुरू गर्नका लागि यो सूचना प्रविधिमा आधारित प्रणालीलाई अध्यावधिक गर्न लागिएको जानकारी दिएको छ।

अनलाइन परीक्षा प्रणाली बन्द रहँदासम्म नयाँ अभिकर्ता इजाजत पत्र वितरणको काम पनि अवरुद्ध हुनेछ।

प्राधिकरणले पहिलोपटक २०८० कात्तिक १७ गतेदेखि अनलाइन परीक्षा सञ्चालन गर्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

25%
sad

दु :खी

25%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS