IME Life New

दाबी भुक्तानीमा आईएमई लाइफ इन्स्योरेन्सको चमत्कार, दाबी परेकै दिन गर्यो भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: आईएमई लाइफ इन्स्योरेन्सले संचालनमा आएको करिब ९ महिना पछि पहिलो पटक दुई ओटा बिमालेखको दाबी भुक्तानी एकैपटक गरेको छ, कम्पनी श्रोतले दिएको जानकरी अनुसार दाबी पर्न आएकै दिन सो दाबी भुक्तानी गरिएको हो ।

कम्पनीको पहिलो दाबी भुक्तानी कम्पनीबाट बैदेशिक रोजगार (म्यादी) जीवनबीमा गराइ बैदेशिक रोजगारको सिलसिलामा संयुक्त अरब इमिरेट्समा जाने तयारी गर्दै गरेका धनुषा जिल्ला गोदार वडा नं. ८ बस्ने श्री शंकर कुमार खपाङ्गीको उपचारको क्रममा मृत्यु भएकोमा मृतक बीमित श्री शंकर कुमार खपाङ्गीको इच्छाएको व्यक्ति निजकी श्रीमती गंगाकुमारी थापालाई रु तेह्र लाख र सोहि दिन दोश्रो दाबी भुक्तानी सिन्धुपाल्चोक जिल्ला गुम्वा वडा नं.८ घर भई बैदेशिक रोजगारको सिलसिलामा पोल्याण्ड रहेकी श्रीमती रिता बुढाथोकी शेर्पाको बिदेशमा मत्यु भएकोले निजको इच्छाएको व्यक्ति निजको श्रीमान पासाङ शेर्पालाई दाबी पर्न आएकै दिन रु चौधलाख दाबी भुक्तानी गरेको हो ।

Esewa
Crest

दुईओटै दाबीको दाबी पर्न आएकै दिन अर्थात् जेठ ०६ गते, आइतबारका दिन कम्पनीका निमित्त महाप्रबन्धकं श्री दिनेश अमात्यले एक समारोह विच हस्तानतरण गर्नुभयो ।

कम्पनीले चैत्रको अन्तिम सम्म २९ हजार ४ सय ९८ वटा बीमालेख जारी गरि, २५ करोड ५९ लाख खुद बिमा शुल्क आर्जन गरेको छ बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी २ अर्ब रुपैयाँ बनाउनका लागि कम्पनीले साधारण सेयर निष्काशनको प्रकृया अघि बढाईसकेको छ ।

कम्पनीमा नेपालकै प्रसिद्ध व्यवसायी चन्द्र ढकालसम्बद्ध आईएमई समूह, भाटभटेनी, हाथवे इन्भेष्टमेन्ट, अम्बिका पौडेल, ग्लोबल आईएमई बैंक, नवराज नेपाल लगायतकाको लगानी रहेको छ । कम्पनीमा आईएमई र सम्बद्धहरुको ४० प्रतिशत बढी लगानी रहेको छ ।

र यो पनि….

https://insurancekhabar.com/2018/05/2794/

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS