IME Life New

पुराना बिमा कम्पनीहरुलाई टक्कर दिदै: आईएमई लाइफ इन्स्योरेन्स, नयाँ मध्ये मुनाफामा पहिलो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: आईएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ८८ लाख खुद मुनाफा गरेको छ, जुन पछिल्लो समयमा संचालन अनुमति प्राप्त गर्ने बिमा कम्पनीहरु मध्येको सबै भन्दा धरै हो । नयाँ कम्पनीहरु मध्ये मुनाफामा आईएमई लाइफ इन्स्योरेन्स पहिलो हुदा सन् नेपाल लाइफ इन्स्योरेन्सले दोश्रो र रिलायन्स लाइफ इन्स्योरेन्सले तेश्रो स्थान हासिल गरेका छन् समिक्षा अबधिमा सन् नेपाल लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स ले क्रमश: ११ करोड ६४ लाख र १० करोड ६० लाख नाफा गरेका छन्।

आईएमई लाइफ इन्स्योरेन्सको तेस्रो त्रैमासको प्रगति हेर्दा कम्पनीले नयाँ कम्पनी मात्र नभएर पुराना मध्येकै गुराँस लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स लगायतलाई ठुलो टक्कर दिन सफल भएको छ, जुन कुरा बिमा कम्पनी को शेयरमा लगानी गर्ने तथा गर्न चाहनेहरुको लागि आकर्षणको कुरा हो ।

Esewa
Crest

आईएमई लाइफ इन्स्योरेन्सले सेवा सुरु गरेको छोटो समयमा नयाँ जीवन बिमा कम्पनीहरु मध्ये व्यवसायिक अग्रता लिनुलाई सकारात्मक रुपमा लिनुपर्छ, सो अबधिमा कम्पनीले जिबन बिमा कोषमा ९ करोड ६७ लाख राखेको छ, भने समिक्षा अबधिमा कम्पनीले २५ करोड ५९ लाख खुद बिमा शुल्क आर्जन गरेको छ, जुन नयाँ संचालित जीवन कम्पनीहरु मध्ये दोश्रो हो पहिलोमा भने ३९ करोड ६ लाख खुद बिमा शुल्क आर्जन गर्दै युनियन लाइफ इन्स्योरेन्सले अग्रता लिइरहेको छ ।

६० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनको तयारीमा रहेको कम्पनीको हालको चुक्ता पुंजी एक अर्ब ४० करोड रहेको छ, हाल कायम चुक्ता पुंजी अनुसार कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १८ पैसा रहेको छ, चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ६ करोड १८ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीले तेस्रो त्रैमासमा कम्पनीको नाफा भारी मात्रामा बढेको छ, तथापी जिबन बिमा कम्पनीहरुको बिमाअङ्किय मुल्यांकन पछि मात्र वास्तविक नाफा निस्किने हुदा, यो नाफा नै अन्तिम भने होइन।

कम्पनीको जगेडा कोषमा १४ करोड ३६ लाख ९५ हजार रुपैयाँ सञ्चित छ । यो रकम अघिल्लो त्रैमासमा ६ करोड ५३ लाख रुपैयाँ रहेको थियो । अघिल्लो त्रैमासको अन्त सम्ममा ११ हजार ६ सय ९० बीमालेख जारी गरेको कम्पनीले तेस्रो त्रैमासमो अन्त्यसम्ममा २९ हजार ४ सय ९८ वटा बीमालेख जारी गरेको छ ।

अहिले बैंकिंग क्षेत्रमा तरलताको अभावले गर्दा बिमा कम्पनीहरुलाई फाइदा पुगे अनुसारनै कम्पनीको लगानीको ब्याज आम्दानी राम्रो हुदा कम्पनीको फाइदा धरै हुन गएको दखिन्छ, अर्को तिर कम्पनीले ब्यबस्थापन खर्च कम गर्दै कम्पनी संचालन गरेको छ, जुन सकारात्मक तथ्य हो। तर कम्पनीले प्रमुख कार्यकारी तथा अन्य उच्च व्यवस्थापनमा कर्मचारी भर्ना नै नगरी कम्पनी चलाउन खोजेको दखिन्छ यो भने कम्पनीको दीर्घकालीन हितमा दखिदैन।

बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी २ अर्ब रुपैयाँ बनाउनका लागि कम्पनीले साधारण सेयर निष्काशनको प्रकृया अघि बढाईसकेको छ । ६० करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गरी कम्पनीले चुक्ता पूँजी २ अर्ब रुपैंया पुर्याउन लागेको हो । कम्पनीमा व्यवसायी चन्द्र ढकालसम्बद्ध आईएमई समूह, भाटभटेनी, हाथवे इन्भेष्टमेन्ट, हाथेवेका अम्बिका पौडेल (व्यक्तिगत लगानी समेत), नवराज नेपाल लगायतकाको लगानी रहेको छ । कम्पनीमा आईएमई र सम्बद्धहरुको ४० प्रतिशत बढी लगानी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS