IME Life New

तीन महिनामै एमडीआरटी बन्न सफल भइन् सिटिजन लाइफकी दीपा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सकी दीपा चापागाईं तीन महिनामै एमडीआरटी बन्न सफल भएकी छन्। सिटिजन लाइफको स्वयम्भू शाखामा कार्यरत एजेन्सी मेनेजर दीपा विश्वका अभिकर्ताको सर्वोच्च अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ट टेबल (एमडीआरटी) २०२५का लागि छनोट भएकी हुन्।

Esewa
Crest

जनवरी १ देखि डिसेम्बरको अन्तिमसम्ममा तोकिएको टार्गेट दीपाले यो वर्षको पहिलो ३ महिनामै पूरा गर्न सफल भएकी छन्।


संखुवासभा खाँदबारीमा जन्मिएकी दीपाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको पढाइ पूरा गरेकी छन्। हाल काठमाडौंको आलोकनगरमा बसोबास गर्दै दीपाले सिटिजन लाइफमा अभिकर्ताका रुपमा आबद्ध भएर काम गरेको ९ महिनामात्र भएको छ ।


कम समयमै उत्कृष्ट कार्य गर्न सफल दीपालाई सम्मान गर्न मगलबार सिटिजन लाइफको स्वयम्भू शाखाले कम्पनीको थापाथलीस्थित प्रधान कार्यालयमा एक कार्यक्रम गरेको थियो। कार्यक्रममा कम्पनीका सीईओ पोषकराज पौडेल, सीएमओ भूषण रिमाल, सीबीओ सुनील पोख्रेलले खादामाला लगाइदिएर दीपालाई बधाइ दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%
happy

खुसी

36%
sad

दु :खी

0%
amazed

अचम्मित

18%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS