IME Life New

कालिञ्चोक दर्शनको वार्षिक साधारणसभा पुस २६ गते, यस्ता छन् अजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा आब्हान गरेको छ । कम्पनीले उक्त सभा पुस २६ गते विहीबार विहान ११ः३० बजे रोयल इभेन्ट तिनकुनेमा आयोजना गर्ने बताएको छ । कम्पनकिो मंसिर २६ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/ ८० को वासलात, नाफा, नोक्सान, हिसाब नगद प्रवाह सहितको लेखापरीक्षणको प्रतिवेदन पारित गर्ने जनाएको छ ।

Esewa
Crest

आर्थिक वर्ष २०८० /८१ को लेखापरीक्षणको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । संस्थापक तथा सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कुनै विशेष प्रस्तावको संशोधनमा नियमनकारी निकायबाट कुनै पनि थप घट वा संशोधन गर्न निर्देशन दिएमा सोही बमोजिम कार्य गर्नका लागि संचालक समितिलाई अख्तियारी दिने, केवलकारमा थप लगानी तथा सिस्टममा आवश्यक निर्णय गर्नका लागि पनि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।

उक्त आर्थिक वर्षका लागि भने कम्पनीले लाभांशको कुनै पनि प्रस्ताव वार्षिक साधारणसभा पेस गर्ने छैन। वार्षिक साधारणसभाबाट लागि कम्पनीले पुस १२ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस ११ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS