IME Life New

नेपालमा पनि वेब एग्रिगेटर सम्बन्धी कानूनी प्रावधान ल्याइँदै, कतिकाे उपयाेगी हाेला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं। नेपाल बीमा प्राधिकरणले नेपालमा पनि वेब एग्रिगेटर सेवा सञ्चालनका लागी कानूनी आधार तयार पारिदिनका लागी वेब एग्रिगेटर सम्बन्धी निर्देशिका जारी गर्ने तयारी गरेकाे छ। प्राधिकरणले वेब एग्रिगेटर सम्बन्धी निर्देशिकाकाे मस्याैदामा सुझावका लागी बीमकहरुलाई उपलब्ध गराएकाे छ।

बीमा ऐन २०७९ ले पहिलाे पटक नेपालमा वेब एग्रिगेटर सम्बन्धी व्यवस्था गरेकाे हाे । ऐनकाे व्यवस्था अनुसार वेब एग्रिगेटर सेवालाई निर्देशित गर्नका लागी प्राधिकरणले बेग्लै निर्देशिका जारी गर्न लागेकाे हाे । प्राधिकरणले बुधबार पत्र जारी गर्दै निर्देशिकाकाे मस्याैदा अध्ययन गरेर सात दिनभित्र सुझाव उपलब्ध गराउन बीमकलाई निर्देशन दिएकाे छ।

Esewa
Crest

नेपालमा मेराे बीमा, इबीमालगायतका वेब एग्रिगेटर सञ्चालनमा आएपनि बीमा कम्पनीहरुले आफ्नाे बीमालेख सम्बन्धी टेक्निकल नाेट, बीमाशुल्क तालिका लगायतका महत्वपूर्ण जानकारीहरू लुकाउँदा वेब एग्रिगेटरले भारतमा जस्ताे बीमा कम्पनीहरूकाे बीमालेखकाे विशेषता र बीमाशुल्क तुलना गरेर बीमालेख खरिद गर्ने सुविधा उपलब्ध गराउन सकेका छैनन् ।

वेब एग्रिगेटरले आफूहरुकाे काम खाेस्ने भन्दै पेशागत अभिकर्ताले औपचारिकरुपमा विराेध जनाउँदै आएकाे छ। वेब एग्रिगेटरले सबै बीमा कम्पनीकाे बीमालेखहरु एउटै प्लाटफर्म(वेबसाइट वा एप्स)मार्फत् खरिद गर्ने सुविधा उपलब्ध गराउँदा आफूहरुले गर्दै आएकाे काम खाेसिने उनीहरुकाे तर्क छ।

बीमा सेवासँगकाे प्रविधिबारे जानकार किशाेर दाहालका अनुसार नेपालमा बीमा कम्पनीहरु पारदर्शी नहुँदासम्म वेब एग्रिगेटरकाे भविष्य कठिन भएकाे बताउँछन् । उनी भन्छन्, प्रतिस्पर्धीले थाहा पाउला भनेर हामी कहाँ बीमाकाे टेक्निकल नाेट लुकाउने प्रवृत्ती छ, यस्ताे अवस्थामा एग्रिगेटरले उपभाेक्तालाई कुन बीमालेख उत्कृष्ट भन्ने जानकारी नै दिन सक्दैन । जबसम्म टेक्निकल नाेटमा एग्रिगेटरकाे पहुँच हुँदैन तबसम्म सहज छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS