IME Life New

कयालको पृष्ठपोषण गर्न नेपाल लाईफको संगठनात्मक संरचना नै गञ्जागोल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । बीमा समितिको कारवाहीमा परेपछि नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अमित कयालको (घटुवा) गरेको छ ।
कम्पनीको नायब महाप्रबन्धक पदमा पद्दोन्नती गरिएका कयाललाई कम्पनीले वरिष्ठ प्रबन्धकको रोल क्रममा राखेको छ । माघ १ गते शनिबार अध्यावधिक गरिएको कम्पनीको आधिकारिक वेबसाइटका अनुसार नायब महाप्रबन्धक रहेका कयाललाई वरिष्ठ प्रबन्धक प्रेम प्रसाद रेग्मी र कम्पनी सचिव विनोद कुमार भुजेलको बीचमा राखिएको छ ।

Esewa
Crest

यसअघि नायब महाप्रबन्धकको हैसियतमा वरिष्ठ सहायक महाप्रबन्धक दिग्विजय सिंघ, वरिष्ठ प्रबन्धक प्रेम प्रसाद रेग्मीलगायत अन्य कनिष्ठ कर्मचारीलाई निर्देशन दिंदै आएकोमा अब कयालले उनीहरुकै आदेश पालना गर्नुपर्ने भएको छ । यो घटुवाको कारण उनले नैतिकताको आधारमा राजीनामा दिनसक्ने संभावना देखिएको छ ।

यद्दपि यसअघिको रोलक्रममा प्रमुख कार्यकारी अधिकृत, नायब महाप्रबन्धक र वरिष्ठ प्रबन्धकसम्मको पद खुलाइएकोमा अहिले अमित कयाललाई वरिष्ठ प्रबन्धक पछि राखिएकोमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र निमित्त प्रमुख कार्यकारी अधिकृत बाहेकको पद खुलाइएको छैन ।

यसैगरी प्रविण रमण पराजुली वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त भइसक्दा पनि उनी भन्दा कनिष्ठ सुशिल कुमार चौधरी नै निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका छन् । अर्थात् अहिलेको अवस्थामा पनि वरिष्ठ नायब प्रमुख कार्यकारी पराजुलीभन्दा पनि चौधरी नै अधिकार सम्पन्न छन् ।

शुरुमा सहायक महाप्रबन्धक पदमा नेपाल लाईफ प्रवेश गरेका अमित कयाल संचालक समितिको कृपा प्राप्त गरेर एकै वर्षमा दुईतह माथि नायब महाप्रबन्धक पदमा बढुवा गरिएका थिए । जबकी उनीसँग बीमा कम्पनी, बैंक वा वित्तीय संस्थामा कार्य गरेको पूर्व अनुभव शुन्य रहेको थियो । बीमा समितिले कार्यान्वयनमा ल्याएको बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ का अनुसार अनुभव शुन्य व्यक्ति उक्त पदमा नियुक्तिको लागी अयोग्य ठहरिन्छ ।

नेपाल लाईफको संगठनात्मक संचरनामा अर्को विरोधाभाष एउटै विभागमा दुईजना प्रमुख नियुक्तिले गरेको छ । वरिष्ठ प्रबन्धक प्रेम प्रसाद रेग्मी लेखा, वित्त र आन्तरिक नियन्त्रण विभागको प्रमुख रहेका छन् भने अर्का कर्मचारी रोशन दवाडी पनि लेखा र वित्त विभाग प्रमुखको जिम्मेवारी सम्हालि रहेका छन् । एउटै विभागको दुईजना प्रमुख हुँदा उनीहरु मातहत कार्यरत कर्मचारीहरुलाई कार्य सम्पादनको क्रममा कसको आदेश प्राथमिकताको साथ पालना गर्ने र कसलाई आफूले रिपोर्टिङ गर्ने भन्ने अन्यौल पैदा भएको छ ।

यो पनि पढ्नुहोस 

इन्स्योरेन्स खवर प्रभाव : नेपाल लाइफका कयालको गैरकानुनी बढुवा फिर्ता लिन समितिको निर्देशन

नेपाल लाईफमा अमित कयालको गैर कानूनी नियुक्ति, नियामक निकाय बीमा समिति नै बन्यो रमिते

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS