IME Life New

एमडिआरटी २०२५ का लागि लक्ष्य निर्धारण, अभिकर्ताले अब कति गर्नुपर्छ व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वित्तीय सल्लाहकारहरुका लागि ग्ल्यामरको विषय बनाइएको मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) मा सन् २०२५ का लागि निर्धारित व्यवसायीक लक्ष्य समेत सार्वजनिक गरिएको छ। सन् २०२४ मा एमडिआरटी सदस्यताका लागि तोकिएको व्यवसायीक लक्ष्यमा १० देखि ११ प्रतिशतसम्म वृद्धि गर्दै व्यवसायीक लक्ष्य निर्धारण गरेको छ।

सन् २०२५ का लागि योग्य हुन बीमा अभिकर्ताले कम्तीमा ४६ लाख ९२ हजार ९ सय रुपैयाँ बीमाशुल्क आर्जन गर्नुपर्ने भएको छ। यसअघि सन् २०२४ का लागि कम्तीमा ४१ लाख ७१ हजार ५ सय रुपैयाँ प्रथम् बीमाशुल्क आर्जन गर्नुपर्ने लक्ष्य तोकिएको थियो । सन् २०२३ का लागि ३७ लाख ९२ हजार ३०० रुपैयाँ व्यवसायीक लक्ष्य रहेको थियो ।

Esewa
Crest

यसैगरी कोर्ट अफ द टेबल उपाधीका लागि सन् २०२४ मा कुनै अभिकर्ताले व्यक्तिगत व्यापारबाट कूल १ करोड ४० लाख ७८ हजार ७ सय रुपैयाँ बीमाशुल्क आर्जन गरेको हुनुपर्छ। यसअघि यो रकम जम्मा १ करोड २५ लाख १४ हजार ५ सय रहेको थियो । टप अफ द टेबलका लागि २ करोड ८१ लाख ५७ हजार ४ सय रुपैयाँ बीमाशुल्क निर्धारण गरिएको छ। सन् २०२४ का लागि यो रकम जम्मा २ करोड ५० लाख २९ हजार रुपैयाँ रहेको थियो ।

एमडिआरटीको योग्यताका लागि सम्बन्धित अभिकर्ताले सन् २०२४ को जनवरी देखि डिसेम्बर महिनाको अन्त्यसम्ममा निर्धारित अ‌ंक अनुसारको व्यापारिक लक्ष्य पुरा गरि सक्नुपर्नेछ। सन् २०२४ को एमडिआरटी सदस्यताका लागि योग्य हुन अब जम्मा ११ दिन बाँकी छ।

एमडिआरटी समूहमा एमडिआरटी, सिओटी र टीओटी समेत सदस्यताका लागि तीन तह निर्धारण गरिएका छन् । प्रत्येक तहका लागि कूल बीमाशुल्क आम्दानी, कमिशन वा आम्दानीका आधारमा फरक फरक लक्ष्य निर्धारण गरिएका छन् । यीमध्ये कुनै एक लक्ष्य पुरा गर्नेले तोकिएको वर्गमा सदस्यताका लागि आवेदन दिन सक्छन् ।

मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) विश्वभरका व्यवसायीक वित्तीय सल्लाहकारहरुको साझा स‌ंगठनको रुपमा हेरिँदै आएको छ। यस अन्तर्गत आबद्ध सदस्यहरुले वर्षमा एक पटक विश्वव्यापी सम्मेलनमा सहभागिताको अवसर प्राप्त गर्छन् । साथै अन्तर्राष्ट्रिय सञ्जालमा आबद्धताको अवसर समेत प्राप्त गर्छन्। यो स‌ंगठनमा आबद्धतालाई प्रतिष्ठा र ग्ल्यामरको विषय नबनाइने हो भने यसका लागि गरिने लगानीको तुलनामा अभिकर्ताले प्राप्त गर्ने प्रतिफल निक्कै न्यून हुन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

65%
happy

खुसी

6%
sad

दु :खी

6%
amazed

अचम्मित

12%
excited

उत्साहित

12%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS