IME Life New

एउटा कम्पनी राेज्नुपर्ने प्रावधान कार्यान्वयनमा आउनु अघि माेलमाेलाई गर्दै बहु कम्पनीमा सकृया अभिकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नयाँ बीमा ऐनले एकै प्रकारकाे कुनै एक बीमकका लागी मात्र अभिकर्ताले काम गर्न पाउने प्रावधान लागू गरेपछि एकभन्दा बढी बीमा कम्पनीसँग आवद्ध भएर लाभ लिंदै आएका अभिकर्ता अहिले सकसमा परेका छन् ।

विशेषगरी जीवन बीमककाे सुझावमा बीमा ऐन २०७९ मा याे प्रावधान समेटिए पछि कहिले कुनै कहिले कुनै बीमा कम्पनीका लागी काम गर्ने अभिकर्ता सकसमा परेका हुन् । फरक फरक बीमककाे लागी कमिशनमात्र नभएर थप सुविधा समेतका लागी माेलमाेलाई र लाभ लि‌ंदै आएकाहरु अहिले एउटा मात्र कम्पनी प्रति बफादार हुनुपर्ने बाध्यता भएपछि लाभदायक विकल्पकाे खाेजी गरिरहेका छन् ।

Esewa
Crest

एक भन्दा बढी बीमककाे लागी काम गर्दै आएका अभिकर्ताले अहिले सम्बन्धित बीमकहरुसँग आफूले प्राप्त गर्ने अतिरिक्त लाभबारे माेलमाेलाई गर्न थालेका छन् । एउटा जीवन बीमकसँग कुरा गर्दा अर्काे जीवन बीमकले अतिरिक्त लाभ प्रदान गरिरहेकाे भन्दै माेलमाेलाई गर्ने क्रमले तीब्रता पाएकाे छ । बीमा कम्पनीका कर्मचारीका अनुसार बीमा प्राधिकरणले एउटा जीवन बीमकका लागी मात्र काम गर्न मिल्ने व्यवस्था अनिवार्य गर्ने मिति नताेक्दा सम्म ठूला र प्रभावशाली भनिएका अभिकर्ताहरु कम्पनी कम्पनी चहार्ने क्रम जारी रहनेछ ।

आफूले पाउने सुविधाका लागी माेलमाेलाई गर्नु स्वाभाविक हाे, एकजना वरिष्ठ एजेन्सी म्यानेजरले भने,बीमकले पनि अपेक्षित लाभ प्राप्त गर्ने संभावना नदेखेसम्म अभिकर्तालाई थप लाभ दिंदैन ।

अहिले समग्र जीवन बीमा व्यवसाय ‍ओरालाे लागेका बेला अभिकर्ताहरुकाे माेलमाेलाई गर्ने क्षमता समेत खुम्चिएकाे छ।

नियमितरूपमा बीमालेख बिक्री गरेर साँवा र ब्याज तिर्ने शर्तमा कुनै एउटा बीमकसँग अभिकर्ता कर्जा सुविधा लिने र साँवा चुक्ता नगर्दै अर्काे कम्पनीका लागी काम गरेर अनुचित लाभ लिन पल्किएका अभिकर्तामाथि बीमा एनकाे आडमा अंकुश लगाउन सकिने विश्वास बीमककाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS