IME Life New

इन्स्योरेन्स शिक्षा: स्वास्थ्य बीमा किन गर्ने ? बीमा गरेपछि के सेवा सुविधा पाइन्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स शिक्षा: स्वास्थ्य मानव जीवनको सबैभन्दा ठूलो एउटा धन पनी हो । हामी सबैजनाको एउटै धारणा रहेको कि हामी निरोगी रही रहौै भन्ने तर पनी हामी बिरामीत भईरेहका हुन्छौ । हामी मध्ये बैंकमा बचत त धेरै जनाले गरीरहेका हुन्छौ के बैंकको बचतले मात्र भावी दिनमा आउने स्वास्थ्य जोखीम न्यूनीकरण गर्न सक्छ त ? यो कुरा बुझनु जरुरी रहेको हुन्छ ।

बैंकमा हामी सबैले भावी दिनमा आउने बाधा अड्चनलाई मध्यनजर गरेर आर्जित धन सुरक्षित गर्ने गर्छाै । तर भावी दिनमा आउने ठूला रोगबाट बच्न स्वास्थ्य बीमा गर्न कतीको जरुरी रहेको हुन्छ । त्यो विषयमा हामी मध्ये कमै व्यक्तिले मात्रै सोच्ने गर्छाै । नेपाल सरकारले पनी स्वास्थ्य बीमा सम्बन्धी नियम ल्याएको थियो ।

Esewa
Crest

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा विधयेक २०७४ पारीत गरेको थियो । आखीर यसबाट फाईदा हन्छ भने किन नर्गने त स्वास्थ्य बीमा ? हामीलाई कुन समयमा कस्तो रोगले ग्रसीत गर्छ भनेर हामी एकिनका साथ भन्न पनी सक्दैनौ । भोली ठूलै समस्या आईपरेको खण्डमा स्वास्थ्य बीमा गर्दा यसबाट पाईने फाईदा र कुन अवस्थामा स्वास्थ्य बीमा गर्दा पनी सुविधा नपाउने भन्ने बिषयमा तल जानकारी दिइएको छ ।

बीमा गरेपछि के सेवा सुविधा पाइन्छ ?
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सकिन्छ । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सकिन्छ । तर, व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, लागु तथा मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा पाइँदैन ।

के हो स्वास्थ्य बीमा ?
नेपालमा २०४० सालतिरबाट मात्रै स्वास्थ्य बीमा सुरु भएको हो । सुरुमा संस्थागत स्वास्थ्य बीमा गरिन्थ्यो । स्वास्थ्य बीमा गरेपछि विरामी पर्दा वा चोट–पटक लाग्दा उपचार खर्च बीमावापत पाईन्छ । वार्षिक रुपमा २५ सय तिरेपछि परिवारका सदस्यले ५० हजार सम्म उपचार खर्च पाइन्छ ।

व्यक्तिगत स्वास्थ्य बीमा गर्ने तरीका
व्यक्तिगत स्वास्थ्य बीमा गर्न परिचय खुल्ने प्रमाणित परिचयपत्र चाहिन्छ । सो व्यक्ति ५ वर्ष पुगेको हुनुपर्छ भने बीमा कम्पनीअनुसार ५५ देखि ६५ वर्षका व्यक्तिले गर्न सकिन्छ । बिमाको रकम अनुसार बीमांक भने १०० रुपैयाँ देखि ५ हजार सम्म लाग्छ ।

संस्थागत स्वास्थ्य बीमा गर्न तरीका
संस्थाले नै गर्ने बीमा संस्थागत स्वास्थ्य बीमा हो, यो बीमा संस्थाले नै गर्नुपर्छ । कुनै कम्पनी वा उद्योगको प्यान नम्वर सहितको लेटरप्याडसहित कम्तीमा ५ देखि १० जना र बढीमा सिमा नलगाई कम्पनीले नै प्रिमियम दिने गरी बीमा गर्न सकिन्छ । यसको भुक्तानी पनि कम्पनीकै नाममा हुन्छ । यदि बीमित ब्यक्ति दिर्घरोगी छ, गर्भवती छ वा बीमा गरे लगत्तै २८ दिनभित्रै कुनै बिरामी परेमा भने बीमा कम्पनीले उपचार व्यहोर्दैन । अरु विरामी वा अगभंग हुँदा सरल तरिकाले भुक्तानी गर्छ ।

बीमा गरेपछि के सेवा सुविधा पाइन्छ ?
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बीमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि सरकारी अस्पतालबाट ओपीडी सेवा, इमर्जेन्सी, ल्याब उपचार, सामान्य अपरेशन लगायतका उपचार प्राप्त गर्न सकिन्छ । त्यस्तै, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त गर्न सकिन्छ । तर, व्यक्तिगत झै–झगडाका कारण चोटपटक लागेमा, लागु तथा मादक पदार्थ सेवनका कारण कुनै दुर्घटनामा परी चोटपटक लागेमा, गर्भपतन गरेमा, कस्मेटिक सर्जरी गरेमा भने यो सेवा पाइँदैन । दाँत भर्ने, दाँतमा तार हाल्ने, यौन, कस्मेटिक सर्जरी र इम्प्लान्ट पनि बीमाको सहुलियतभित्र पर्दैन ।

के छ त स्वास्थ्य बीमा विधेयकमा ?
स्वास्थ्य सेवामा आम नागरिकको पहँुच सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमा विधयेक २०७४ अनुसार यो विधयेक पारित भएम थियो । विधेयक ऐनले प्रत्येक नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भई सेवा पाउने अधिकार सुनिश्चित गरेको छ ।

त्यस्तै, ऐनले नवजात शिशु, जेष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्तिलाई समेत समेटेको छ । जस अन्तर्गत वृद्धाश्रम, अनाथालय, सुधार गृह लगायतका संरक्षित स्वास्थ्य संस्थामा आश्रय लिइरहेका व्यक्तिलाईसोही संस्थाले बीमा कार्यक्रममा आवद्ध गराउनु सोही संस्थाको दायित्व रहनेछ ।

वैदेशिक रोजगारीमा जान चाहनेले आफ्नो परिवारको अनिवार्य बीमा गराउनु तथा कुनै पनि संस्थाले त्यहाँ कार्यरत सबै कर्मचारीलाई स्वास्थ्य बीमा गराउनु उनीहरुको दायित्व हुनेछ ।

बीमा कार्यक्रममा आवद्ध हुने कुनै पनि व्यक्तिले योग,पोषण, शिक्ष लगायतका प्रवर्द्धनात्मक कार्यक्रम, खोप, सुरक्षित मातृत्व, वहिरंग सेवा, भर्ना उपचार, आकस्मिक, शल्यक्रिया, औषधि लगायतका उपचारात्मक सेवा प्राप्त गर्न सक्नेछन् ।त्यस्तै, बीमा कार्यक्रममा आवद्ध हुने सदस्यले हवाई एम्बुलेन्स बाहेकको एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने ऐनमा व्यवस्था छ । यस्तो सेवा विमित व्यक्ति आफूले मात्र लिन सक्ने ऐनमा उल्लेख छ ।

[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयास हो, येदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धिका कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन बिनम्र अनुरोध गर्दछौ, [email protected]]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS