IME Life New

दशैँको दक्षिणाः बीमामा लगानी गर्दा भविष्य सुनिश्चित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीहरुको महानपर्व दशैँ लागिसकेको छ । यस पर्वलाई नेपालीहरुले धुमधामका साथ मनाउने गर्दछन् । यस पर्वमा मिठो खानेकुरा, नयाँ कपडा र आफ्न्तसँग भेटघाट गरेर मनाउने गरिन्छ । अनी, यति मात्रै होइन दशैंमा टिका लगाएर ठुलाको हातबाट दक्षिणा दिने चलन पनि ब्यापक छ ।

दक्षिणा वापत आएको पैसा लाई हामिले यत्तिकै सकाउछौँ । खाएर, सामान किनेर सबै पैसा सक्ने हाम्रो बानी हुन्छ । दक्षिणाबाट आएको पैसा फजूँल खर्च गरेर सक्नु भन्दा जीवन बीमा गर्ने हो भने भविषय सुनिश्चत बन्न सक्छ । आफ्न्तबाट दशैँमा दक्षिणा वापत पाएको पैसा र केही रकम थप गरेर बीमा गर्ने हो भने भविष्यमा भैपरि आउने जोखिमलाई सामना गर्न सजिलो हुन्छ । साच्चै बीमालाई नजिकबाट बुझेर बीमा गर्न सकियो भने आज मात्रै नभर्य भोलिको दिनमा पनि यसले हामीलाई ठुलो राहत दिन्छ ।

Esewa
Crest

बीमा जोखिम हस्तान्तरण गर्ने एक माध्यम हो । बीमा जोखिम हस्तान्तरणको एक करार पनि हो । अनिश्चित जोखिम हस्तान्तरण गरी क्षतिपूर्ति प्राप्त गर्ने माध्यम नै बीमा हो । बीमा भनेको आर्थिक नोक्सान हुँदा दिईने क्षतिपुर्तिको ग्यारेन्टी हो । भविष्यमा भैपरि आउने जोखिम लाई बिमकमा हस्तान्तरण गर्नु नै बीमा हो । पछिल्लो समय बीमाको महत्व दिनानुदिन बढ्दै छ । हाम्रो जीवनको एक अतिआवश्यक पक्ष नै भइसकेको छ बीमा मानविय जीवनमा जोखिम कत्ति बेला आउने हो पत्तै हुँदैन् । जोखिम अनिश्चित रुपमा हुने गर्दछ । बीमा बचतको एक पाटो पनि हो ।

विभिन्न बीमा कम्पनीहरुमा विभिन्न प्रकारका बीमा पोलिसिहरु रहेका छन् । आफ्नो आम्दानी र मलाई यो चाहिँ बीमा पोलिसी ठिक हुन्छ भन्ने सोच बनाएर बीमा पोलिसी खरिद गर्न सकिन्छ । दशैँमा दक्षिणा वापत पाएको पैसाले त नपुग्ला तर पनि यो रकमले बीमा गर्नमा भने एकदमै सहयोग पुरााउनेछ । दशैँमा दक्षिणाबाट पाएको रकम जम्मा गर्नुस । यसले बचत गर्ने बानी पनि बसाल्छ । दक्षिणा वापत पाएको सानो रकमले बीमा गर्नु भयो भने तपाईको भविष्यमा आई पर्न सक्ने ठुला जोखिम लाई सहजै स्वीकार गर्न सक्ने क्षमता भने पक्कै पनि प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS