IME Life New

इन्स्योरेन्स क्षेत्रमा रोजगारीको आकर्षण बढ्दै, आकर्षक तलब सगै सेयरको समेत सुबिधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: वि.सं. २०४६/४७ पश्चात् अर्थतन्त्रलाई निजीकरण र उदारीकरण गर्दै लगियो । फलस्वरूप निजी क्षेत्रले बीमा उद्योगमा लगानी गर्याे, विदेशी कम्पनीहरूले पनि लगानी गरे । बिस्तारै अभिकर्ताहरूमा व्यावसायीकताको विकास हुन थाल्यो, जसले बिमितहरूको संख्यामा वृद्धि गर्यो ।

पछिल्लो समय नयाँ ९ ओटा जीवन बिमा कम्पनीले संचालनको अनुमति पाए संगै बिमा क्षेत्रमा रोजगारीको सम्भावना र आकर्षण बढ्दो छ । बीमाक्षेत्रका लागि दक्ष जनशक्ति पहिलो सर्त हो तर, जनशक्तिको अभावका कारणले फराकिलो र स्थायी आधारमा बीमाको विकास सम्भव भइरहेको छैन । कतिपय बिमा कम्पनीले योग्य कर्मचारी पाउन सकेका छैनन् भने केही पुराना कम्पनीहरुलाई योग्य कर्मचारी जोगाउन सास्ती परेको छ, जसको एउटा कारण बिमाको बिषयमा नेपालमा पढाई नहुने र समय अनुकुल जनशक्तिको बिकाश हुन नसक्नु हो ।

Esewa
Crest

केही समय अगाडी बिमा कम्पनीहरुबाट बैंकिंग क्षेत्रमा जाने कर्मचारी अहिले बिमा क्षेत्रमा फर्किन थालेको र चालु आर्थिक वर्षमा बैंकिंग क्षेत्रबाट ठुलो संख्यामा योग्य कर्मचारीहरु बिमा क्षेत्रमा प्रबेष गरेको विभिन्न जिबन बिमा कम्पनीहरुले जानकारी दिएका छन् ।

नयाँ संचालनमा आएको एउटा जिबन बिमा कम्पनीका वरिष्ठ अधिकारीले जानकारी दिए अनुसार अहिले जिबन बिमा कम्पनीका कर्मचारीहरुको तलब आकर्षक रहेको छ, उनका अनुसार अहिले सामान्यता सहायक तहका कर्मचारीहरु सुरुवाती तलब २५ हजार भन्दा माथि रहेको छ, भने अधिकृत तहका कर्मचारीहरुको माशिक तलब सुबिधा ६० हजार भन्दा माथि छ, उनका अनुसार नयाँ संचालित जिबन बिमा कम्पनीहरु मध्ये युनियन लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको तलब अरुको भन्दा केहि बढी देखिन्छ ।

बिमा समितिले बिमा कम्पनीहरुलाई प्रमुख कार्यकारी अधिकृत र सबै भन्दा तल्लो स्तरको कर्मचारीको तलबको फरक सामान्यता २५ गुना भन्दा धरै हुन नहुने निर्देशन गरे संगै बिमा कम्पनीहरुमा तल्लो स्तरकै कर्मचारीको पनि कम्तिमा २० हजार भन्दा माथि हुने अवस्था रहेको बुझीएको छ  ।

आकर्षक तलब संगै सेयरको समेत सुबिधा

जीवन बिमा कम्पनीका लागि तोकिएको दुई अर्ब रुपैयाँ चुक्ता पुँजी अनुसार कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिइनुपर्ने प्रावधान छ। जसअनुसार नयाँ मध्येका एउटा कम्पनीले कम्तीमा पनि ६० लाख कित्ता सेयर सर्वसाधारणलाई छुट्याउनुपर्दछ, युनियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स र सिटिजन्स लाइफ इन्स्योरेन्सले भने करिब ६४ लाख कित्ता भन्दा बढीको सेयर जारी गर्ने छन् । यसैमध्येको ५ प्रतिशत अर्थात ३ लाख कित्ता सेयर कर्मचारीका लागि सुरक्षित छ। सामान्यता एउटा कम्पनीमा ३०० देखि ४०० कर्मचारी हुने अवस्थामा सामान्य हिसाबले हेर्दा पनि अधिकृत स्तरको कर्मचारीले कम्तिमा १,००० दखि १,५०० कित्ता सम्म सेयर पाउन सक्ने अवस्था देखिन्छ ।

नयाँ जीवन बिमा कम्पनीमा प्रवेश गर्ने कर्मचारीले आफुले काम गर्ने कम्पनीको कम्पनीको सेयर पनि पाउँछन्। त्यसकारण जागिरको अलवा सेयर पाउने भएकाले कर्मचारीले दोहोरो फाइदाको लाभ उठाउन सक्छन्। जुन अवसर ज्यादै कम मात्रै आउने गरेको बिमा सम्वद्ध अधिकारीहरु बताउँछन्।

बिमा समितिका अध्यक्ष चापागाईँ भन्छन् ‘बैंकको भन्दा बिमा कम्पनीमा जाने कर्मचारीलाई फाइदा बढी देखिन्छ, यसलाई अझै आकर्षकको केन्द्र बनाउन म लागिपर्नेछु।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS