IME Life New

अभिकर्ता पनि अध्यक्ष बन्न पाउँनुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बिजया बास्कोटा 
बीमा अभिकर्ताहरु पनि प्राधिकरणको अध्यक्ष बन्न पाउँनुपर्ने बीमा अभिकर्ताहरुले माग गरेका छन् । १५ बर्ष भन्दा बढी बीमा अभिकर्ताको अनुभव बटुलेका प्राधिकरणको अध्यक्ष बन्न पाउँनुपर्ने व्यवस्था अभिकर्ताहरुले माग गरेका हुन् ।

संघिय संसदमा दर्ता भएको नयाँ बीमा विद्येयकको दफा ८ मा प्राधिकरणको अध्यक्ष वा सदस्यको योग्यताको व्यवस्था गरिएको छ । जसमा बीमा, मौद्रिक, बैंकिङ्ग, वित्तिय, बाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र, वा कानुन बिषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच बर्ष उच्च व्यवस्थापकीय तहको कार्य अनुभव तोकिएको छ ।

Esewa
Crest

उक्त व्यवस्थामा १५ बर्ष भन्दा बढी बीमा अभिकर्ता भै काम गरेको पनि अध्यक्ष हुन सक्ने व्यवस्था थप गर्न बीमा अभिकर्ताहरुले माग गरेका हुन् । लामो समयसम्म बीमा क्षेत्रमा काम गरेको अनुभवलाई प्राथमीकता दिन यस्तो व्यवस्था गरिनुपर्ने उनीहरुको माग गरेका हुन् । त्यस्तै १० बर्षसम्म अभिकर्ता भै काम गरेको व्यक्ति बीमा कम्पनीको सञ्चालक हुन पाउँने व्यवस्था गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

नयाँ विद्येयकको दफा ५० मा विदेशी वा स्वेदशी बीमक, बैंक वा वित्तिय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तिमा ५ बर्ष काम गरेको हुनुपर्ने भन्ने व्यवस्था गरिएको छ । तर,उक्त व्यवस्थामा बीमा अभिकर्ता भई १० बर्षसम्म काम गरेको हुनुपर्ने व्यवस्था थप गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS