IME Life New

एउटा मात्र किस्ता तिरेर बीमा अन्त्य गर्दा किन केही पनि पाइँदैन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा योजनाहरुमा ३ किस्ताबापतको बीमाशुल्क भुक्तानी गरेपश्चात बीमा सुरु भएको मितिबाट ३ वर्ष पूरा भइसकेको अवस्थामा बीमा समर्पण गर्न सकिने प्रावधान हुन्छ। यस्तै २ किस्ताबराबर मात्र बीमाशुल्क भुक्तानी गरेर बीमा छोड्दा बीमालेख चुक्ता बीमालेखमा परिणत भई मृत्यु वा बीमा अवधिको अन्त्यमा चुक्ता मूल्य पाइने व्यवस्था हुन्छ। तर, १ किस्तामात्र बीमाशुल्क तिरेर बीमा छोड़दा भने चाहिँ बीमितले केही पनि पाउँदैन।

यस्तो केही पनि नपाइने जीवन बीमाको नियम देखेर बीमितहरुले गुनासो गर्ने गरेको पाइन्छ। अझ कतिपय बीमितलाई त यस्तो नियम पनि छ है भन्ने कुरा पछि मात्र थाहा हुन्छ। यस्तो अवस्थामा बीमितले जीवन बीमा कम्पनीले ‘मेरो पैसा खाइदियो, म त ठगिएँ’ भन्ने गरेको पाइन्छ। तर, के साँच्चै बीमा कम्पनीले बीमितको पैसा खाएको हो त ? आखिर पहिलो वर्षमात्र बीमाशुल्क तिरेर बीमा अन्त्य गर्दा किन बीमा कम्पनीहरुले केही पनि दायित्व बहन गर्दैनन् त ? अझ नियम निकायले नै किन यस्तो नियम राख्ने निर्णय गर्यो त ?

Esewa
Crest

जीवन बीमाको व्यापार भित्र्याउन बीमा कम्पनीले पहिलो बीमाशुल्कबापतको अधिकांश हिस्सा खर्च गरिसकेको हुन्छ। बीमाको अवधिअनुसार बीमा अभिकर्ताको निश्चित रकम कमिसन पाउँछन्। जुन पहिलो बीमाशुल्कको २५ प्रतिशतसम्म हुन्छ। यस्तै पहिलो किस्ताको व्यापार ल्याएबापत बीमाशुल्कको १८ प्रतिशतसम्म रकम बीमा कम्पनीले बीमा अभिकर्तालाई प्रोत्साहन स्वरुप दिन्छ। त्यसबाहेक पनि बीमाशुल्कको ५ प्रतिशतजस्तो रकम उक्त बीमालेखको व्यवस्थापनको निम्ति खर्च हुन्छ।

अझ अहिले जुनै पनि बीमालेखको अनिवार्य पुनर्बीमा गर्नुपर्ने नियम कायम रहेको हुँदा केही रकम पुनर्बीमालाई पनि भुक्तानी गर्नुपर्ने हुन्छ। यसरी एउटा बीमालेख जारी गर्दा बीमा कम्पनीले बीमितले भुक्तानी गरेको पहिलो बीमाशुल्कको ५० प्रतिशतभन्दा पनि कम रकम पाउने स्थिति रहन्छ।

बाँकी रहेको ५० प्रतिशतभन्दा काम रकमले सुरुआती वर्षमा बीमितको दायित्व धान्न सक्ने अवस्था हुन्न यस्तोमा बीमितले भुक्तानी गरेको बीमाशुल्कमा बीमा कम्पनीले उल्टै पैसा थपेर रिजर्व राख्नुपर्ने स्थिति हुन्छ। अझ बीमा व्यतीत (एक किस्ता बीमाशुल्क भुक्तानी गरेर बीमालेख छोडेको अवस्था) भइसकेको अवस्थामा पनि बीमितले जुनसुकै समयमा बीमा पुनर्जागरण गर्न पाउने नियमले गर्दा बीमा कम्पनीले भविष्यमा हुन सक्ने सम्भावित पुनर्जागरणका लागिसमेत रकम छुट्याउनुपर्ने हुन्छ र अन्त्यमा बीमितले भुक्तानी गरेको बीमाशुल्कको केही प्रतिशतमात्र रकम बाँकी रहने स्थिति सिर्जन हुन्छ।

बाँकी रहेको रकम पनि पूर्ण रुपमा बीमा कम्पनीले प्राप्त गर्दैन। बीमा कोषबाट भएको नाफा ९०–१० को अनुपातमा बीमित र बीमा कम्पनीमा बाँडिने हुँदा उक्त रकमको पनि ९० प्रतिशत रकम अरु बीमितले बोनसस्वरूप पाउँछन् भने बीमा कम्पनीहरुले बढीमा १० प्रतिशत पाउँछन्।

अन्तः जीवन बीमामा १ किस्ताको बीमाशुल्क बुझाएर बीमा अन्त्य गर्दा न त बीमा कम्पनीलाई फाइदा हुन्छ न त बीमितलाई नै। फाइदा हुन्छ त केवल २५ प्रतिशत कमिसन अनि १८ प्रतिशत प्रोत्साहन गरेर ४३% पाउने बीमा अभिकर्तालाई। तसर्थ, जीवन बीमा गर्नुअघि सम्पूर्ण सर्तहरु बुझेर आफ्नो अहिलेको मात्र नभई भविष्यको आम्दानीलाई समेत मध्यनजर राखी आफूले सक्ने जति बीमाशुल्कको मात्र बीमा गर्नुपर्छ। जसले गर्दा दोस्रो किस्ताकै बीमाशुल्क भुक्तानी गर्न नसक्ने स्थिति आउँदैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

62%
happy

खुसी

4%
sad

दु :खी

23%
amazed

अचम्मित

12%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS