IME Life New

कहिलेसम्म शेयर किन्नेले नेको इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्सले लाभांश र सभा प्रयोजनका लागि माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ माघ २५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले आफ्नो ३० औँ वार्षिक साधारणसभा आउँदो फागुन ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको नक्सालस्थित रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १५.७८९४ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ३ प्रतिशत बोनस शेयर र करसहित १२.७८९४ नगद लाभांश छन्।

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै रायसुझाव वा फेरबदल गर्न निर्देशन भएमा सोहीमोजिम गर्न सञ्चालक समितिको अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ भने चालु आर्थिक वर्ष२०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

सभाले बोनस शेयर वितरणपछि जारी र चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS