IME Life New

हिमालयन लाइफको साधारणसभा आज, के-के छन् एजेन्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आफ्नो १९ औँ वार्षिक साधारणसभा आज माघ २८ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले सञ्चालक समितिबाट प्रस्तुत हुने गत आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्ष२०८२।८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्नेछ।

Esewa
Crest

सभाले सञ्चालक समितिबाट नियुक्ति गरिएको स्वतन्त्र सञ्चालकको नियुक्तिका साथै सञ्चालक समितिको खर्च पनि अनुमोदन गर्नेछ। सभाले साधारणसभाका प्रस्तावित विषयमा नियमनकारी निकायले कुनै फेरबदल वा संशोधन तथा परिमार्जन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS