IME Life New

सूर्यज्योति लाइफले ल्याएको प्रविधियुक्त दुई प्रडक्ट बीमा क्षेत्रका लागि महत्वपूर्णः अध्यक्ष ओझा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाः सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको प्रविधियुक्त दुई प्रडक्ट बीमा क्षेत्रका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताएका छन्।।

काठमाडौंमा आज सूर्यज्योति लाइफले सार्वज्निक गरेको केयर्स कार्ड र ई–कर्जा प्रडक्टको उद्घाटन गर्दै अध्यक्ष ओझाले यस्तो धारणा राखेका हुन्। ‘संसारका कयौँ देशले विगतबाटै गरिरहेको अभ्यासलाई कम्पनीले नेपालको बीमा बजारमा अवलम्बन गरेको छ’, उनले भने, ‘इन्स्योरेन्स प्रडक्टलाई लिक्विड बनाउने गरी आकर्षक फिंगर ट्रिपमा लोन लिने मेकानिजम जुन सुरु गरेको छ, यो धेरै राम्रो छ। यसले बीमितलाई आफूले इन्स्योरेन्स गर्दाखेरी भोलिका दिनमा मलाई कुनै इस्ट्यान्ट निड भयो भने बीमा कम्पनीसम्म नपुगे पनि हुने रहेछ भन्ने एउटा सन्देश दिन्छ।’

Esewa
Crest

अध्यक्ष ओझाले यी प्रडक्ट अन्य कम्पनीले पनि सुरु गर्नुपर्ने सुझाव दिए। ‘यसले बीमा क्षेत्र थप लिक्विड हुने र इन्स्योरेन्समा जम्मा गरिएको रकम केही समयपछि मात्रै फिर्ता हुने अथवा तत्काल लिँदा जुन लामो प्रक्रिया थियो, त्यो झन्जटिलोलाई अन्त्य गरेको छ’, उनले भने।

केयर्स कार्ड ५ लाखभन्दा बढीको हकमा झन महत्वपूर्ण रहेको ओझाले बताए। ‘यसको चुनौती भनेको स्टेकहोल्डरलाई अनबोर्ड गर्नुभएको छ’, उनले भने, ‘ती स्टेकहोल्डर प्रडक्ट र कार्डको विषयमा कति चेतनशील हुनुहुन्छ त ? देशैभरिका कयौं स्टेकहोल्डर अनबोर्ड गर्नुभयो, कार्ड पनि दिनुहोला भोलि काउन्टरमा जाँदा तत्पर निकायका मान्छेले यसका विषयमा हामीलाई जानकारी छैन वा थाहा छैन भन्ने किसिमको सिनारियो क्रेट भयो भने यसको कतै न कतै क्रेटिभलिटीमा एउटा असर पर्छ’, उनले भने, ‘त्यही भएर जो आफूले अनडोर्ड गर्नु भएको स्टेकहोल्डर छन्, उहाँहरुलाई ट्रेन बनाउने अथवा सेन्सटाइज बनाउनलाई महत्वपूर्ण काम गर्नुपर्ने देखिन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS