IME Life New

प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सािधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण जेठ १५ गते बिदा परेकाले जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनुको साथै सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले आठौँ वार्षिक साधारण सभा जेठ २६ गते गर्ने भएको छ । सभा अम्रपालि बैंक्वट भाटभटेनीमा विहान ११ बजे गर्ने जनाएको हो । कम्पनीको बैशाख ३० गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

Esewa
Crest

कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश छन्। सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले अध्यक्षको मन्तव्य तथा सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गर्नेछ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम आर्थिक वर्ष २०८१ / ८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धमा (हालका लेखापरीक्षक पुनः नियुक्तिका लागि योग्य हुने) पारित गर्नेछ ।

सभाले संचालकहरुको नियुक्ति अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायहरूले फेरबदल, थपघट गर्न कुनै सुझाव वा निर्देशन दिएमा वा कुनै भाषिक फेरबदल गर्नु पर्ने भएमा सो अनुसार गर्न सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सातौं वार्षिक साधारण सभाबाट चुक्ता पूँजीको ७ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय भएकोमा प्रस्तावित बोनस शेयर वितरण पश्चात नियामक निकायले तोकेको चुक्ता पूँजी कायम हुने भएकोले उक्त निर्णय रद्द गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभाले कम्पनी ऐनको दफा १०५ (१) (ग) मा भएको व्यवस्था बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वर्च भएको रकम अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS