IME Life New

युनियन लाईफ नेपालगन्जका तीन अभिकर्ता सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालगन्ज।  युनियन लाईफको प्रदेश कार्यालय नेपालगन्जले बन्दाबन्दी रहेकै अबस्थामा पनि सामाजिक दुरि कायम गरि MDRT सम्मान कार्यक्रम आयोजना गरेको छ।

नेपालगन्ज उ.मा.न. वडा न. १२ का वडाअध्यक्ष बुद्धि सागर सुवेदी प्रमुख अतिथी रहनुभएको उक्त कार्यक्रममा, नेपालगन्ज शाखाबाट ई. स. २०२१ का लागि योग्य  भएका रहिम मोहब्मद मिया, बालकृष्ण शर्मा र माधबराज अधिकारीहरुको नामको केक काटि कार्यक्रम सुरु गरिएको थियो।

Esewa
Crest

उक्त कार्यक्रममा COT बिमल ढकालले आफ्ना टीमका सम्पुर्ण MDRT सदस्यहरुलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रमको सभापति युनियन लाईफका प्रदेश प्रमुख नारायण पंगेनीले बिमल ढकाल को उदाहरण दिंदै अभिकर्ताको संजाल बिस्तारमा ढकालले गरेको कार्यलाई सरहना गरे । आफ्नो १९ बर्से बीमाको अनुभव सुनाउंदै पंगेनिले जीवनको कुनै कालखण्डमा, ठूलो बिपत्ती आईलाग्दा, सबैभन्दा ठूलो साहारा नै बीमा  रहने भन्दै बीमाको अपरिहार्यता र यसको महत्त्व बुझाएका थिए ।

कार्यक्रममा युनियन लाईफको प्रशंसा गर्दै वडाध्यक्ष सुबेदिले समाजमा बीमा प्रती सर्बसाधारणको चासो बढ्दै गएको बताए । दाबि भुक्तानीलाई सरल तथा छिटो भन्दा छिटो गराउन सकेमा यसको पहुंच अझ बढाउन सकिने बताउएका  थिए ।

कार्यक्रममा बीमा रत्न झबिन्द्र प्रसाद मरासिनी, MDRT हरु कृष्ण कुमारी पाठक, बिष्णु रिमाल, जीव नारायण बेलबासे लगायत को उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS